आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक सुदृढीकरणका लागि 'रिजनल एयर कन्क्टिभीटी' आवश्यक

आर्थिक सुदृढीकरणका लागि 'रिजनल एयर कन्क्टिभीटी' आवश्यक

हाल ४० मुलुकसँग दुईतर्फी हवाई उडान सम्झौता गरेको सरकारले अमेरिका र रुसमा उडान गर्ने तयारी सुरु गरेको उनले बताए। एउटा मात्र हवाई बिन्दु भएका कारण महेन्द्रनगर, नेपालगन्ज र भैरहवा प्रवेश बिन्दु सञ्‍चालनमा ल्याउनका लागि भारतसँग छलफल सुरु गरेको उनले जानकारी दिए। नेपाललाई १२ महिनै पर्यटकीय गन्तव्यको रुपमा ल्याउन लागि परेको उनले बताए।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- मुलुकको आर्थिक सुदृढीकरणका लागि क्षेत्रीय सञ्‍जाल सञ्‍चालनमा राम्रो सम्भावना रहेको जनाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनमा  सहभागी वक्ताले तत्काल मुलुकको उर्जा, कृषि, पर्यटन उत्पादन निर्यातका लागि जोड दिन आवश्यक रहेको जनाएका छन्।     

National life

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले  कनेक्टिभिटी बिना विकासको गति लिन सहज नरहेको बताए। कृषि जलस्रोत र पर्यटन क्षेत्रका लागि यसको आवश्यकता रहेको उनले जानकारी दिए। ‘हवाई, जल, स्थल, रेल सञ्‍जालको आवश्यकता छ। विश्वको अवस्था छ। एउटा मात्र मुलुकको विकासले विश्व आर्थिक रुपमा मजबुत हुन सक्दैन। रिजनल कनेक्टिभिटीलाई अगाडि बढाउन आवश्यक छ। मुलुकको हातेमालोले समग्र अर्थतन्त्र सुदृढीकरण हुन सक्छ। रिजनल सँगै आन्तरिक कनेक्टिभिटीको पनि उत्तिकै आवश्यक छ,' उनले भने।

हाल ४० मुलुकसँग दुईतर्फी हवाई उडान सम्झौता गरेको सरकारले अमेरिका र रुसमा उडान गर्ने तयारी सुरु गरेको उनले बताए। एउटा मात्र हवाई बिन्दु भएका कारण महेन्द्रनगर, नेपालगन्ज र भैरहवा प्रवेश बिन्दु सञ्‍चालनमा ल्याउनका लागि भारतसँग छलफल सुरु गरेको उनले जानकारी दिए। नेपाललाई १२ महिनै पर्यटकीय गन्तव्यको रुपमा ल्याउन लागि परेको उनले बताए। 

पछिल्लो समय दक्षिण एसीया क्षेत्रमा रहेका अधिकांश मुलुकमा पूर्वाधार विस्तारका लागि लगानी वृद्धि  हुँदै आएको  बोर्ड अफ डाइरेक्टर्स पार्टनरसिप फर ट्रान्स्परेन्सीका प्रतिनिधी रजत नागले बताए। रिजनल कनेक्टीभीटीका लागि नेपालसँग जोडिएका विभिन्‍न मुलुकको सीमा क्षेत्र लचिलो हुन आवश्यक रहेको उनले भनाइ थियो। 

‘क्षेत्रीय व्यापारमा ठूलो सम्भावना छ। पूर्वाधारतर्फ यतिखेर मल्टी मोडल यातायातको अभाव छ। अहिलेको मुख्य आवश्यकता भनेको सडक र जलमार्गलाई मजबुत बनाउनु हो। सडकमार्गबाटै ७० प्रतिशत सामान ढुवानी हुँदै आएको छ। अधिकांश ट्रकले प्रति घण्टा तीस किलोमीटर दूरी पार गर्दै आएको हुन्छ,' नागले भने। 

Shivam cement

भारतीय सीमा क्षेत्रमा दैनिक ७५० ट्रक र बंगलादेश सीमामा दैनिक ३५० मालवाहक ट्रकको निरीक्षण हुँदै आएको उनले जानकारी दिए। हाल सडकमार्ग, उर्जा र प्रविधि विकासमा सहयोग गर्दै आएको विश्व बैंकले नेपालका लागि रिजनल कनेक्टीभिटी अतिआवश्यक रहेको  निर्देशक सेसील फ्रम्यानले बताइन्।  नेपालसँग स्थलगत मार्गबाट जोडिएका विभिन्‍न मुलुकमा सहजै मालवाहक गाडीको आउजाउको व्यवस्था आवश्यक रहेको पनि उनले जानकारी दिइन्। ‘क्रस बोर्डर ट्रेडका लागि यहाँ ठूलो सम्भावना छ। यसका लागि नेपाल र भारतबीच आउ-जाउ गर्ने मालबाहक गाडीलाई सहजताको व्यवस्थापन गरिदिनुपर्नेछ,’ निर्देशक फ्रम्यानले भनिन्,’हामीले यही कुरालाई मध्यनजर गर्दै बोर्डर एण्ड बोर्डर इन्फ्रास्ट्रक्चर, उड्डयन, जल मार्ग, डिजीटलाइजेशन, क्लाइमेट चेन्ज लगायतमा वित्तीय सहयोग गर्दै आएका छौँ। ’ 

बैंकले नेपाल-बंगलादेश  तर्फ आवतजावत सहजताका लागि १.२ अमेरिकी डलर खर्च गर्ने योजना बनाएको उनले बताइन्। विश्वबजारमा  माग आइरहेको उर्जा विस्तारका लागि बैंकले सन् २०१५ देखि सन् २०३० सम्मका लागि २२६ विलीयन डलर खर्च वित्तिय साहयता गरेको उनले बताइन्। क्रस बोर्डर विस्तारका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन्। 


प्रकाशित: Sep 08, 2022| 18:21 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्