आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ऋषि कट्टेलसँग प्रचण्डको गुनासो– अदालतमा मुद्दा हालेर नेकपा फुटाइदिए

ऋषि कट्टेलसँग प्रचण्डको गुनासो– अदालतमा मुद्दा हालेर नेकपा फुटाइदिए

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विरुद्धमा अदालतमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विरुद्धमा अदालतमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

National life

बिहीबार सहिद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । 

अध्यक्ष दाहालभन्दा अगाडि मन्तव्य राखेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली कांग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गरेका थिए। सोही टिप्पणीको जवाफ दिँदै अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई एक बनाउँदा फुटाउनका लागि अदालत गएको भन्दै कट्टेलप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले तत्कालिन नेकपा फुटाउन अदालत जानेले संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई गलत भन्नु नहुने बताए। उनले कट्टेललाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो? किन त्यो आदर्शमा लाग्नुभएन? भनेर प्रश्नसमेत गरे।

अध्यक्ष दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको भए पनि हामलसम्म कार्यान्वयन नभएको बताए। उनले सो निर्णय कार्यान्वयनका लागि लडाइँ गरिरहेको बताए। उनले वर्गयुद्ध जारी रहेको उल्लेख गरे। माओवादी केन्द्रप्रति नकारात्मक प्रहारहरु भइरहेको भन्दै उनले प्रतिक्रियावादीहरुको बिरुद्धमा आफू संघर्षमा नै रहेको बताए।


प्रकाशित: Sep 08, 2022| 17:08 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...