आइतबार, जेठ ३१, २०८३

दराज महोत्सव २५ भदौमा

नेपालको अनलाइन बजार दराजले आफ्नो पहिलो प्रयोगात्मक कार्यक्रम ‘दराज महोत्सव’ घोषणा गरेको छ। उक्त महोत्सव भदौ २५ गते भृकुटीमण्डप काठमाडौंमा आयोजना हुने भएको छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- नेपालको अनलाइन बजार दराजले आफ्नो पहिलो प्रयोगात्मक कार्यक्रम ‘दराज महोत्सव’ घोषणा गरेको छ। उक्त महोत्सव भदौ २५ गते भृकुटीमण्डप काठमाडौंमा आयोजना हुने भएको छ। 

National life

उक्त महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य सबै ग्राहकहरूसँग सम्बन्ध कायम गर्नु रहेको कम्पनीले बताएको छ। यस महोत्सवमा सांगीतिक र नृत्य प्रस्तुतिदेखि अन्तरक्रियात्मक खेल, फोटोबुथ, खाना स्टलका साथै बालबालिकाको लागि मनोरन्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ।

दराजका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले भने, 'दराजमा हामी जति जे अभियान गर्छौ, ग्राहकहरूलाई सधैं प्राथमिकतामा राख्ने गरेका छौं।' यो महोत्सव एउटा पारिवारिक कार्यक्रम रहेको र कार्यक्रमले सबै उमेर समूहलाई मध्यनजर गरी विभिन्न गतिविधिहरू समेट्ने प्रयास गरेको उनले बताए। यस महोत्सवमा सुशान्त केसी, स्वपनसुमन, वाङ्देन शेर्पा र अन्य शीर्ष कलाकारहरूका सांगीतिक प्रस्तुति दिने बताइएको छ।

साथै, महोत्सवमा विभिन्न थरिका खाना साथै रमाइलो खेल र आकर्षक तथा वस्तुहरुको प्रदर्शन पनि गरिनेछ। ग्राहकहरूले आफ्नो फोनमा दराज एप देखाएर कार्यक्रमा निःशुल्क प्रवेश गर्न पाउने कम्पनीले बताएको छ।

प्रकाशित: Sep 08, 2022| 17:01 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्