शनिबार, मंसिर ६, २०८२

टी २० लिगको नयाँ टिम पोखरा एभेन्जर्स र सुदूरपश्चिम युनाइटेड

नेपालमा आयोजना हुने नेपाल क्रिकेट संघको आधिकारिक फ्रेन्चाइज क्रिकेट टी२० लिग खेल्ने थप दुई टिमको घोषणा भएको छ। क्यानले बिहीबार पत्रकार सम्मेलन गर्दै दुई टिमको घोषणा गरेको हो।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं– नेपालमा आयोजना हुने नेपाल क्रिकेट संघको आधिकारिक फ्रेन्चाइज क्रिकेट टी२० लिग खेल्ने थप दुई टिमको घोषणा भएको छ। क्यानले बिहीबार पत्रकार सम्मेलन गर्दै दुई टिमको घोषणा गरेको हो।

National life

आउँदो असोज ५ गतेबाट कात्तिक ८ गतेसम्म काठमाडौंमा हुने प्रतियोगिताको लागि पोखरा एभेन्जर्स र सुदूरपश्चिम युनाइटेड टिमको घोषणा आज भएको हो। पोखराको टिमका मालिक पोष्टराज ज्ञवाली, सुबोध त्रिपति र अतिष ज्ञवाली रहेका छन्। त्यस्तै सदूरपश्चिमको टिम भने एसआर सपोर्टस एन्ड मिडिया भेन्चरसँगै रुपिन्द्र बागाको मातहतमा रहने भएको छ।

क्यानले गएको जेठ चार गते नै पत्रकार सम्मेलन गर्दै टी २० लिगको घोषणा गरेको थियो। त्यसपछि टी २० लिगको लागि यसअघि नै चार टिमको भने घोषणा भइसकेको छ। साउन चार गतेको पत्रकार सम्मेलनमा क्यानले विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, कान्तिपुर क्यापिटल्स र लुम्बिनी अल स्टार्स टिमको घोषणा गरेको थियो।

अहिले सबै टिमको घोषणा भएपछि क्यानले ड्राफ्टमार्फत खेलाडी अनुबन्धन प्रक्रिया सुरु गर्ने भएको छ। क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई ८ वर्षका लागि स्ट्राटेजिक एण्ड कमर्सियल पार्टनरको अधिकार दिएको छ।

आजबाट काठमाडौंमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको क्रिकेट सुरु भएको छ। टी २० क्रकेटसँग नेपाल टी–२० लिगको मिति जुधेपछि क्यानले राष्ट्रिय खेलकुद परिषदसँग समन्वय गरी नवौं राष्ट्रिय खेलकुदमा समावेश पुरुष क्रिकेट आजबाट सुरु गरेको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 08, 2022| 16:42 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।