बिहीबार, साउन २१, २०८३

रुकुम पश्चिमबाट सिफारिसमा परे जनार्दन

माओवादीको रुकुम पश्चिम जिल्ला कमिटी बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको हो।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं– अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन्।माओवादी केन्द्र जिल्ला कमिटी बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष सचिन रोकाले बताए।

बैठकले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’मा महेन्द्र केसी र ‘ख’मा राजकुमार शर्मा रहेका छन्।

प्रकाशित: Sep 08, 2022| 16:11 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...