शनिबार, मंसिर ६, २०८२

चेल्सीको मुख्य प्रशिक्षकमा ग्राहम पाटर

इंग्लिस फुटबल क्लब चेल्सीले मुख्य प्रशिक्षकका रूपमा ग्राहम पाटरलाई भित्र्याउने भएको छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- इंग्लिस फुटबल क्लब चेल्सीले मुख्य प्रशिक्षकका रूपमा ग्राहम पाटरलाई भित्र्याउने भएको छ।जर्मन प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि चेल्सीले नयाँ प्रशिक्षकका रुपमा पाटरलाई भित्र्याउने भएको हो। 

National life

यसअघि ब्राइटनका प्रशिक्षक रहेका पाटरलाई चेल्सीका मालिक टोड वोहोलीले पाटरलाई भेटेर प्रशिक्षक बन्न राखेको प्रस्तावलाई उनले स्वीकार गरेका हुन्। चेल्सीले पाटरसँगै चेल्सीले माउरिसियो पोचेटिनो र जिनेदिन जिदानलाई आफ्नो विक्लपमा राखेको थियो।

च्याम्पियन्स लिगमा क्रोएसियाको डिनामो जाग्रेबसँग १-० पराजित भएको भोलिपल्ट चेल्सीले टुचेललाई बर्खास्त गरेको थियो। 

चेल्सीले फ्रान्क लाम्पार्डलाई बर्खास्त गर्दै २०२१ मा टुचेललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। टुचेलको चेल्सीसँगको सम्झौता २०२४ सम्म रहेको थियो। नयाँ सिजनको सुरुवात सँगै राम्रो लयमा नरहेको चेल्सीले टुचेललाई सम्झौता नसकिदै बर्खास्त गरेको हो। टुचेलले चेल्सीलाई त्यही सिजन च्याम्पियन्स लिगको उपाधि जिताएका थिए।

प्रकाशित: Sep 08, 2022| 16:05 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।