आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले जनतामाझ जाँदा अंशबन्डा गरेकामा पूर्वराष्ट्रपति यादवको चिन्ता

कांग्रेसले जनतामाझ जाँदा अंशबन्डा गरेकामा पूर्वराष्ट्रपति यादवको चिन्ता

कांग्रेसको अहिलेको अवस्था हेर्दा रामराम भन्नुसिवाय अरू नरहेको पूर्वराष्ट्रपति यादवको गुनासो।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं– पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबन्डा गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। बिहीबार काठमाडौंमा भएको बीपी साहित्य सम्मान एवं बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

National life

कांग्रेसको अहिलेको अवस्था हेर्दा रामराम भन्नुसिवाय अरू नरहेको उनले उल्लेख गरे। बीपीका राजनीतिक चिन्तन अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेतालाई नरहेको र टिकट किनेर पार्टी प्रवेश गर्ने क्रम बढेको उनको भनाइ छ। ‘बीपीको जेल डायरी, बीपीको आत्मवृत्तान्त, बीपीले बोलेका राजनीतिबारेका विषय कांग्रेसीलाई पढ्न फुर्सद छैन। सोझै कांग्रेस छिर्छन् किनकि टिकट किन्नेलाई कांग्रेसी भनिएको छ’, उनले भने।

पूर्वराष्ट्रपति यादवले चुनावका लागि कांग्रेसले पैसामा टिकट बेचिरहेकामा चिन्ता लागेको सुनाए। उनले भने, ‘तपाईंहरुले सुन्नुभएकै होला, समानुपातिकमा टिकट बिक्री भएको छ। पालिकाको टिकट बिक्री भएको छ। अहिले विधिबारे चर्चा गरिराख्नुपर्ने, आदर्शबारेमा कुरा गर्नै छाडिसके।’

पूर्वराष्ट्रपति यादवले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको बताए। पूर्वराष्ट्रपति यादवले स्थानीय तह निर्वाचनमा वडा र पालिकामा टिकट बिक्री भएको दाबी गर्दै पार्टीमा विधि, आदर्श पालना र सम्मान हुन छाडेको सुनाए। 

उनले कांग्रेसीको पुर्खा बिर्सिएर अहिले जनतासमक्ष जान अरू पार्टीसँग मिलेर अंशबन्डा गर्नु लज्जाको विषय भएको बताए। ‘बीपी, गणेशमान, किसुनजी, गिरिजाजस्ता महापुरुषको नाम सुन्दै गदगद हुन्छ तर अहिले देशको अवस्था कस्तो छ? बीपीको एक गुन पनि हामीमा छैन। कांग्रेसीमा हुनैपर्ने हो। कांग्रेसबारे अब राम, राम भन्ने बेला भइसकेको छ,’ उनले भने।

Shivam cement

प्रकाशित: Sep 08, 2022| 15:52 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...