आइतबार, फागुन १७, २०८२

जनताले एजेण्डा हेरेर भोट दिन्छन्: झाँक्री

नेकपा एकीकृत समाजावादीका केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा जनताले एजेन्डा हेरेर मत दिने बताएकी छन्।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

बुटवल-  नेकपा एकीकृत समाजावादीका केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आगामी  निर्वाचनमा जनताले एजेन्डा हेरेर मत दिने बताएकी छन्।

रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा झाँक्रीले मंसिर ४ गते हुने निर्वाचनमा पार्टी मात्रै नहेरी व्यक्ति र जनतासँग जोडिएका एजेण्डालाई हेरर मत दिने  बताएकी हुन्। 

‘एमालेले  ल्याएका पानी हाज, रेलजस्ता हावादारी गफमा जनता अल्मलिने छैनन्। स्थानीय माग र आवश्यताको आधारमा स्पष्ट एजेण्डा ल्याउनेलाई जनताले मत दिनेछन्,’ उनले भनिन्। उनले विकास र समृद्धिका लागि विश्वका थुप्रै मुलुकले पनि गठबन्धन  प्रकृया अंगालेको दाबी गरिन्। 

झाँक्री गुल्मीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनको आकांक्षी हुन्।  साक्षात्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले  जनताले दिएको दुईतिहाई मतको कदर गर्न नसकेर  कर्तव्य च्यूत भएको बताए। उनले एमालेलाई आगामी निर्वाचनमा जनताले उसको हैसियत देखाइदिने बताए। उनले देशको विकास, आम नेपालीको जीवनस्तर उकास्नको लागि ५ दलीय गठबन्धन आवश्यक भएको दाबी गरे।

नेकपा माओवादीका केन्द्रीय सदस्य विनोद पहाडीले संघीयता, संविधानलाई संस्थागत गर्नका लागि ५ दलीय गठबन्धन निर्माण भएको भन्दै आगामी निर्वाचनमा एक भएर प्रतिष्पर्धी पार्टीसँग चुनावमा भिड्ने बताए।  उनले रुपन्देही क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन लड्नका लागि इच्छा रहेको बताउँदै एमालेका नेता विष्णु पौडेललाई आफ्नो एजेन्डाले नै जित्ने बताए।

kumari

नेकपा एमालेका लुम्विनी प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले आगामी निर्वाचनमा एमालेको अवस्था नराम्रो नभएको भन्दै गठबन्धनसँग चुनावमा सामना गर्न तयार रहेको बताए। उनले सबै राजनीतिक पार्टीहरु नयाँ सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै पुरानै शैलीमा जाने हो भने परिवर्तन नआउने बताए।


प्रकाशित: Sep 08, 2022| 14:58 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।