सोमबार, माघ २८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ऐतिहासिक ढुंगेधाराको स्वरूप बर्खे धारामा बदलिँदै [तस्बिर कथा]

Siddartha premir insuranceSiddartha premir insurance

ऐतिहासिक ढुंगेधाराको स्वरूप बर्खे धारामा बदलिँदै [तस्बिर कथा]

सहरीकरणका कारण कंक्रिटका घरले पानीका मूल सुकाएसँगै ललितपुरमा मात्रै रहेका ८० वटा हितिको अस्तित्व नामेट भइसकेको छ। पाटनको सुन्धारा नुगः हिति नयाँ पुस्तालाई एकादेशको कथाजस्तो लाग्छ।
 |  शुक्रबार, भदौ २४, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, भदौ २४, २०७९

ntc landingntc landing

काठमाडौं- ८० वर्षीय मुच्छेबहादुर अमात्यको घर पाटन सुन्धारास्थित नुगः हितिको ठीक पछाडि छ। सुन्धारा नुगः हितिलाई बुढ्यौलीका दिनमा पनि घरको झ्यालबाट चिहाइरहन्छन्, उनी।

himalayan bank box

तन्नेरी बेला हिउँदका दिनमा पनि ढुंगेधारामा छ्यालब्याल पानी आएको देखेका थिए, अमात्यले। तर पछिल्लो ३० वर्षदेखि ढुंगेधारा सुक्यो। उनी भन्छन्, ‘अहिले वर्षात्‍का दिनमा पानी आएजस्तो गर्छ, फेरि सुक्छ।’

नुगः हितिको सुन्धारालाई त सुनको लेपन र देवीदेवताको आकृतिले पनि सजाइएको छ। यो धारामा पानी लिन जाने, नुहाउन जाने र धारामा पूजापाठ गर्न जाने गर्छन्, स्थानीय। जब पानी सुक्दै गयो, स्थानीय नुगः हिति आउन पातलिएको लाग्छ, अमात्यलाई। तर हितिबारे युवा पुस्तालाई खासै चासो छैन। 

तारा अमात्य उनै मुच्छेबहादुरकी छोरी हुन्। गर्मीबाहेक हिउँदका दिनमा नुहाउन गएकी छोरीलाई चिसो लाग्छ भन्दै बाबाले हप्काउने गरेको हिजैजस्तो लाग्छ, उनलाई। तर अहिले ढुंगेधारा सुकिगए। धाराको संरचना पनि फेरियो। 

तारा कम्मरमा पानीको घैला राखेर धारामा पुग्थिन् र पानी भर्थिन्। दिन बित्दै जाँदा धारामा लम्बेतान लाइन लाग्न थाल्यो। कंक्रिटका घरहरू बाक्लिँदै गए। एक घैला पानी भर्न मुस्किल हुन थाल्यो। विस्तारै पानी सुकेरै गयो। ताराका लागि ढुंगेधारा सपनाजस्तै भयो। 

‘हाम्रो बाल्यकालसम्म पनि पानी आउँथ्यो। अहिले त ढुंगेधारा नै हराउन थाले’, ताराले भनिन्। यी दुई पुस्ताले सुनाएको पाटनको सुन्धारा नुगः हिति नयाँ पुस्तालाई एकादेशको कथाजस्तो लाग्छ। 

‘सबैभन्दा पुरानो हिति पाटन मंगलबजारको मंगः हिति हो, जुन ईसं‍. ५७० मा बनाइएको थियो’, उनले भने, ‘१५ सय वर्षअगाडि मानदेवका नाति फारवीले बनाएको इतिहासमा उल्लेख छ।’ 

ललितपुरमा मात्रै ८० वटा हिति छन्। त्यसमा थुप्रै हितिहरू हराइसकेको बताउँछन्, पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता तथा दिगो सहरी विकासका योजनाकारसमेत रहेका पद्मसुन्दर जोशी। उनका अनुसार पाटनको सुन्धारा अर्थात् नुगः हिति लिच्छविकालीन हिति हो। त्यो हितिको मुहानचाहिँ पाटन औद्योगिक क्षेत्र रहेको बताउँछन्, जोशी। उनले भने, ‘त्यो सुन्धाराको सबैभन्दा ठूलो समस्या के भने पाटन औधोगिक क्षेत्रमा ठूला–ठूला इनार बनाएर त्यहाँका उद्योगले पानी तानिदिएपछि ढुंगेधारामा पानी झर्न छाडेको हो। हिउँदमा पानी नै आउँदैनथ्यो। बर्खामा पनि उद्योगको कार्यालय समयमा पानी आउँदैनथ्यो। रातीचाहिँ पानी आउँथ्यो।’

जोशीको अध्ययनका अनुसार यो समस्या समाधान गर्न स्थानीयले डेढ दशकअघि औद्योगिक क्षेत्रविरुद्ध आन्दोलनै गरेका थिए। पाटन औद्योगिक क्षेत्रका २० बढी इनारलाई पुर्ने र भत्काउने कार्य पनि भएको थियो। तर समुदाय सधैंभरि लडिरहन सक्दैन। उनीहरूले पर्खालभित्रका ‘डिप बोरिङ’ गर्ने भन्दै जनतासँग सहमति गरे। 

नुगः हितिको नजिकै रहेको अर्को सिन्चाः हिति छ। यसको मुहान पनि उही औद्योगिक क्षेत्र नै हो। स्थानीय भाषामा मुहान भएको ठाउँलाई न्याख्योः चः पनि भनिन्छ। ‘सबैभन्दा पुरानो हिति पाटन मंगलबजारको मंगः हिति हो, जुन ईसं. ५७० मा बनाइएको थियो’, उनले भने, ‘१५ सय वर्षअगाडि मानदेवका नाति फारवीले बनाएको इतिहासमा उल्लेख छ।’ 

अर्को नागवहालसँगै रहेको तापाः हिति छ।

ललितपुरमा मात्रै वार्षिक करिब २ करोड ५० लाख लिटर पानी अभाव हुने अनुमान छ। यसबाहेक बाढीका कारण मुलुकभर सबैभन्दा बढी क्षति बागमती प्रदेशमा हुने गरेको तथ्यांक जोशी सुनाउँछन्। उनले भने, ‘हामी हिति प्रणालीको संरक्षण र पुनरुत्थान गर्न सक्यौं भने बर्खाको पानी व्यवस्थापन, घरायसी उपयोग, सतहगत पानी,  सिंचाइ व्यवस्थापन र प्रयोग भइसकेको पानी व्यवस्थापनलाई एक पटक सम्बोधन गर्न सकिन्छ।’

प्रकाशित: Sep 09, 2022| 08:50 शुक्रबार, भदौ २४, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।