आइतबार, जेठ ३१, २०८३

सिट बाँडफाँटमा जसपाको बटम लाइन ३२ : अध्यक्ष यादव

न्यायोचित तवरमा सिट बाँडफाँट नगरिए गठबन्धनको अर्थ नहुने अध्यक्ष उपेन्द्रको तर्क।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९
National life
Shivam cement

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा न्यायोचित तवरमा सिट बाँडफाँट नगरिए गठबन्धनको अर्थ नहुने बताएका छन्। बिहीबार वीरगञ्जमा स्थापना भएको मधेस विश्वविद्यालयको कार्यालय भवन उद्घाटन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्।

उनने ‘तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने गठबन्धनको कुनै अर्थ रहँदैन। सब दललाई वीन वीन हुने गरी अगाडि बढ्नुपर्छ। यसो गरे मात्र गठबन्धनको अर्थ हुन्छ।’ गठबन्धनमा जसपाले ३२ सिट दाबी गरेको उनले बताए। ‘जसपाको दाबी ३२ सिटमा छ। समझदारी गर्दा कहाँ गएर टुंगिन्छ, त्यसलाई स्वीकारेर अघि बढ्छौं’, उनले भने।

सिट बाँडफाँट कार्यदललाई प्रतिवेदन बुझाउन भनिएकाले प्रतिवेदन आएपछि नेताहरुसँग बसेर छलफल गरी बाँकी सिट बाँडफाँट टुंग्याइने उनको भनाइ छ। बुधबार मधेस विश्व विद्यालयको स्थापनासभामा सहभागी यादवले बिहीबार बिहान नेसनल ट्रेडिङमा रहेको कार्यालय उद्घाटन गरे। नेसनल ट्रेडिङको १५ कठ्ठा जमिन लिएर विश्वविद्यालयको कार्यालय स्थापना गरिएको छ। 

प्रकाशित: Sep 08, 2022| 12:32 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...