आइतबार, जेठ ३१, २०८३

फुल कन्ट्याक्ट कराते शुक्रबारदेखि, ३०० खेलाडी सहभागी हुने

प्रतियोगितामा पुरुषतर्फ ४ तथा महिलातर्फ ३ गरी ७ टोलीबीच स्पर्धा हुने।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं– नेपाल आईएफकेके संघको आयोजनामा चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष÷महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

National life

करिब ३०० खेलाडीको सहभागिता रहने प्रतियोगितामा शुक्रबारबाट सुरु हुने आयोजक संघ अध्यक्ष घनश्याम श्रेष्ठले बताए।

प्रतियोगितामा पुरुषतर्फ ४ तथा महिलातर्फ ३ गरी ७ टोलीबीच स्पर्धा हुने ब्रान्च चिफ प्रेम लामाले जानकारी दिए।

प्रतियोगिताको पुरस्कार राशि १ लाख ७५ हजार रुपैयाँ छ। प्रत्येक स्पर्धामा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

दुई दिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।

Shivam cement

प्रकाशित: Sep 08, 2022| 12:26 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।