बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रुखमा भोट हाल्न पाउनुपर्ने माग गर्दै कांग्रेस जिल्ला सभापतिले बुझाए देउवालाई ज्ञापन!

रुखमा भोट हाल्न पाउनुपर्ने माग गर्दै कांग्रेस जिल्ला सभापतिले बुझाए देउवालाई ज्ञापन!

बागमती प्रदेशका १३ जिल्लाका जिल्ला सभापतिका तर्फबाट धादिङका सभापति रामनाथ अधिकारीले ज्ञापनपत्र बुझाएका हुन्।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं– नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले रुखमा भोट हाल्न पाउनुपर्ने माग गर्दै केन्द्रीय सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।

बागमती प्रदेशका १३ जिल्लाका जिल्ला सभापतिका तर्फबाट धादिङका सभापति रामनाथ अधिकारीले ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा नेपाली कांग्रेसका नेता, कार्यकर्ताले आगामी चुनावमा रुख चिन्हमा भोट हाल्न पाउनुपर्ने उल्लेख गरिएको अधिकारीले बताए।

बागमती प्रदेशका चितवन–३, धादिङ–१, सिन्धुपाल्चोक–१, काभ्रे–१, काठमाडौं–८, काठमाडौं–२, रामेछाप, मकवानपुर–१, नुवाकोट– १, ललितपुर–१ कांग्रेसले गठबन्धनका अन्य दलहरूलाई सिट छाड्नुपर्नेछ।


सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी भइरहेका बेला जिल्ला सभापतिहरूले रुखभन्दा अन्यत्र भोट माग्न समस्या हुने जानकारी पार्टी सभापति देउवालाई गराएका हुन्।

कांग्रेस एक्लै चुनाव लड्नुपर्ने भन्दै रूख भन्दा अन्यत्र भोट माग्न र हाल्न नसक्ने पार्टी सभापतिलाई जानकारी गराइएको अधिकारीले बताए। ज्ञापनपत्र बुझ्दै सभापति देउवाले भने भइहाल्छ, भइहाल्छ भनेका थिए।

प्रकाशित: Sep 08, 2022| 11:49 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...