शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने एमाले स्थायी कमिटीको निर्णय

विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने एमाले स्थायी कमिटीको निर्णय

नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको सञ्चारकर्मीलाई बताए। 

एमालेको यसअघिकै स्थायी कमििटी बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ। 

स्थायी समितिमा अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव पनि पेश भएर त्यसलाई एकरुपमा दिइएको बताइएको छ। 

आजै तुलसीलाल स्मृति प्रतिष्ठानमा एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ। उक्त बैठकले प्रस्ताव पारित गर्नेछ।

प्रकाशित: Aug 09, 2021| 13:43 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...