आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पाथीभरा मन्दिरलाई सनराइज बैंकद्वारा पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग

पाथीभरा मन्दिरलाई सनराइज बैंकद्वारा पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग

सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एक थान डिजिटल स्क्रोलिङ बोर्ड प्रदान गरेको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९
National life
Shivam cement

काठमाडौं- सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एक थान डिजिटल स्क्रोलिङ बोर्ड प्रदान गरेको छ। बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्रीको हस्तान्तरण गरेका हुन्।

जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको उपस्थितिमा बैंकले पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड पाथीभरा क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेको हो। मन्दिर पुग्ने बाटोमा भक्तजनको सुविधाको लागि तीन थान शौचालय विभिन्न ठाउँमा राख्ने गरी हस्तान्तरण गरिएको बैंकका नायब महाप्रबन्धक नेपालले जानकारी दिए।

प्रकाशित: Sep 07, 2022| 17:07 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्