शुक्रबार, असोज ९, २०८३

नयाँ रुपमा उपाय सिटी कार्गो

उपाय सिटी कार्गोले आफ्नो ब्रान्ड लोगो अनावरण गरेको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- उपाय सिटी कार्गोले आफ्नो ब्रान्ड लोगो अनावरण गरेको छ। कम्पनी अब ‘उपाय’को नामले चिनिने भएको हो। उपायले प्रविधिको सही प्रयोग गरेर समग्र ढुवानी व्यवसायलाई व्यावसायिक र प्रतिस्पधी बनाउने प्रयास गरिरहेको जनाएको छ। 

‘पुरानो लोगोको सारलाई राख्दै नयाँ लोगो फेरि डिजाइन गर्न चुनौती नै हुँदो रहेछ’, नयाँ लोगोबारे उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले भने। उनले नयाँ लोगो देशभरका ग्राहकलाई प्रदान गर्ने सेवाको समग्र प्रतिनिधित्व भएको बताए। ‘उपाय आफ्नो डेलिभरी, व्यापारिक, फ्रेन्चाइज तथा गठबन्धन साझेदारको सद्भाव तथा सहयोगमा उपायलाई ढुवानी क्षेत्रको एक ठूलो तथा विश्वासिलो ब्रान्ड बनाउने प्रण गर्छ’, उनले थपे। 

निलो र सुन्तला रंगमा डिजाइन गरिएको उपायको नयाँ लोगोले विश्वास र ऊर्जालाई चिनाउन खोजेको छ। नयाँ लोगोमा तीनवटा माइल छन्। यसले उपायको पूर्ण ढुवानीको प्रक्रियालाई चित्रण गरेको रायमाझीले बताए। 

यसअनुसार पहिलो माइल ढुवानीको सुरुवात, मध्यमाइल सामान गन्तव्यमा पुर्याउन गरिने कार्य र अन्तिम माइलले सामान सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाउने उपायले जनाएको छ। 

प्रकाशित: Sep 07, 2022| 17:05 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्