आइतबार, जेठ ३१, २०८३

लिटमस केबल्सको ‘वायरिङ दमदार, घर सानदार’ अफर

लिटमस केबल्सले चाडपर्वलाई लक्षित गरेर वाइरिङ दमदार, घर सानदार अफर सार्वजनिक गरेको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- लिटमस केबल्सले चाडपर्वलाई लक्षित गरेर वाइरिङ दमदार, घर सानदार अफर सार्वजनिक गरेको छ।

National life

उक्त अफरमा पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० हजार रुपैयाँको लिटमस केबल खरिद गरी बिलको फोटोसहित कम्पनीको ठेगानामा पठाउनु पर्नेछ। कात्तिक २५ गते दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५ इन्च टीभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन्।

विजेताले जितेको पुरस्कार घोषणा भएको ३ देखि ५ दिन भित्र पाउने कम्पनीले जनाएको छ। उक्त पुरस्कारको वितरणबारे नजिकको डिलरमा जानकारी दिइने छ। यो योजना २० भदौदेखि २० कात्तिकसम्म २ महिनाको लागि मान्य हुनेछ।


प्रकाशित: Sep 07, 2022| 17:05 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्