शुक्रबार, असोज ९, २०८३

यामाहाले ल्यायो ‘यामाहा फेस्टिभ ह्याट्रिक’ योजना

यामाहाले चाडपर्व लक्षित यामाहा फस्टिभ स्कीम सार्वजनिक गरेको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- यामाहाले चाडपर्व लक्षित यामाहा फस्टिभ स्कीम सार्वजनिक गरेको छ। यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ ह्याट्रिक’ योजना सार्वजनिक गरेको हो।

भाद्र २१ बाट सुरु भएको उक्त योजना यामाहाको जुनैपनि बाइक र स्कुटरको खरिदमा लागु हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै ६ हजार नगद जित्न सक्नेछन्। यस्तै ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्नेछन्।

यसका अतिरिक्त, उक्त योजना अन्तर्गत, अब यामाहाको बाइक वा स्कुटर खरिद गर्न चाहने ग्राहकहरूले अब मात्र ३० मिनेटमा सबै वित्तीय प्रक्रियाहरू पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्नेछन्।

साथै, ‘चाडपर्वमा ग्राहकवर्गको अपेक्षा सधैँ बढी हुने र यस ‘यामाहा फेस्टिभ ह्याट्रिक’ को योजनाले ग्राहकको अपेक्षा पूरा गर्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौँ। र आउँदै गरेको विश्वकप २०२२ लाई पनि अझ रोमाञ्चक बनाउन हामी निकै आशावादी तथा उत्साहित छौँ।’ उत्साहित हुँदै यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताए। छठसम्म लागु हुने यस योजना नेपालभरका सबै यामाहा शोरुमहरूमा सञ्चालित हुनेछ।


प्रकाशित: Sep 07, 2022| 17:04 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्