बिहीबार, साउन २१, २०८३

सर्लाहीमा नेसपाको विस्तारित बैठक

बैठकमा मधेस प्रदेश समिति चयन गर्नुका साथै चुनावमुखी प्रशिक्षण दिइने।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं– डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)मधेस प्रदेशको विस्तारित बैठक सर्लाहीको मंलगवामा बसेको छ। पार्टी अध्यक्षद्वय डा.बाबुराम भट्टराई र महेन्द्र राय यादवको उपस्थितिमा भएको बैठकमा मधेस प्रदेश समिति चयन गर्नुका साथै चुनावमुखी प्रशिक्षणसमेत दिइनेछ।

नेसपाका केन्द्रीय सदस्य दीपक महतोका अनुसार मधेस प्रदेशको कार्यसमिति गठन गर्नुका साथै चुनावका लागि उम्मेदवार चयनलगायतका विषयमा अध्यक्षद्वयबाट प्रशिक्षण दिन थालिएको छ।

जसपाबाट अलग भएर बनेको नेसपाले माओवादी केन्द्रको चुनाव चिन्हबाट आगामी चुनावमा भाग लिने सहमति भएको छ। पार्टीले जिल्लाबाट उम्मेदवार सिफारिसलाई पनि अगाडि बढाएको छ।

प्रकाशित: Sep 07, 2022| 16:47 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...