आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तीन वर्षभित्र नेपाल बिजुलीमा आत्मनिर्भर हुन्छ: ऊर्जामन्त्री

तीन वर्षभित्र नेपाल बिजुलीमा आत्मनिर्भर हुन्छ: ऊर्जामन्त्री

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्ण रुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी छन्।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्ण रुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी छन्।

National life

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाएका प्रश्नको  जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीब्र रुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्ण रुपमा विद्युतमा आत्मनिर्भर हुने दाबी गरिन्।

उनले चालू आर्थिक वर्षमा नेपालमा विद्युत आयातभन्दा निर्यात बढी भई नेपाल खुद विद्युत निर्यातकर्ता देश बन्ने अवस्थामा पुगेको बताइन्। मन्त्री भुसालले नेपालले भारतको इनर्जी एक्सेन्ज बजारमार्फत ३६४ मेगावटसम्मको विद्युत खरिद बिक्री गर्ने गरेको बताइन्। उनले विद्युत प्राधिकरणले भारतमा निर्यात हुने विद्युत भारु ५ रुपैयाँ ७१ पैसा प्रति युनिटमा बेचिरहेको जानकारी दिइन्।

मन्त्री भुसालले विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा ३ अर्ब ८४ करोडको विद्युत निर्यात गरेको भन्दै चालू आर्थिक वर्षको अन्त्यसम्म १६ अर्बको विद्युत निर्यात हुने प्रक्षेपण गरिएको बताइन्। उनले चालू आर्थिक वर्षको साउन महिनामा १ अर्ब ८४ करोड विद्युत निर्यात गरेको बताइन्।

मन्त्री भुसालले नेपालले वार्षिक रुपमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न पाँच वर्ष मात्रै बाँकी रहेको बताइन्। उनले अहिलेसम्म विद्युत खरिद बिक्री सम्झौता र विद्युत उत्पादनको अवस्था हेर्दा पाँच वर्षमा उक्त लक्ष्य पूरा गर्न कठिन रहेको बताइन्। मुलुकमा विद्युत जडित क्षमता २ हजार २ सय मेगावाट पुगेको उनले जानकारी दिइन्।

Shivam cement

मन्त्री भुसालले गत आर्थिक वर्षमा ७ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको भन्दै चालू आर्थिक वर्षमा करिब ८ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने प्रक्षेपण गरिएको बताइन्। उनले जलाशययुक्त जलविद्युतको आयोजनामा निजी क्षेत्रको आकर्षण नदेखिएको बताइन्।

प्रकाशित: Sep 07, 2022| 16:26 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्