बिहीबार, साउन २१, २०८३

फिल्म निर्देशक मीन भाम कांग्रेसबाट समानुपातिक उम्मेदवार सिफारिस

फिल्म निर्देशक मीन भाम प्रतिनिधिसभा निर्वाचनका लागि मुगुबाट नेपाली कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारको रूपमा सिफारिस भएका छन्।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं– फिल्म निर्देशक मीन भाम प्रतिनिधिसभा निर्वाचनका लागि मुगुबाट नेपाली कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारको रूपमा सिफारिस भएका छन्। उनी पिछडिएको खस आर्यबाट सिफारिस भएका हुन्।

भाम फिल्मसँगै राजनीतिमा पनि सक्रिय थिए। ०५० देखि ०५३ सम्म नेविसंघको गाउँ समिति अध्यक्ष भएका भाम ०५४ देखि ०५६ सम्म नेविसंघको जिल्ला महासचिव बनेका थिए।

‘चिसो वर्ष’ फिल्म निर्माणको तयारीमा रहेका भाम ‘कालो पोथी’ फिल्मका कारण चर्चित छन्। ‘कालोपोथी’ले भेनिस फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो।

भाम ०७७–०७८ मा कांग्रेसको सूचना तथा सञ्चार विभागको केन्द्रीय सदस्य बनेका थिए।


प्रकाशित: Sep 07, 2022| 16:17 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...