बिहीबार, असार ४, २०८३

एकै मञ्चमा बाझिए प्रचण्ड–जनार्दन

अध्यक्ष प्रचण्ड र अर्थमन्त्रीसमेत रहेका शर्माबीच नीति र नेतृत्वबारे घोचपेच।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  उपमहासचिव जनार्दन शर्माबीच एकै मञ्चमा बाझाबाझ भएको छ। बुधबार अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स घोषणा’ कार्यक्रममा अध्यक्ष प्रचण्ड र अर्थमन्त्रीसमेत रहेका शर्माबीच नीति र नेतृत्वबारे घोचपेच भएको हो। 

शर्माले नीति र नेतृत्व सही ढंगले चल्न नसकेकामा असन्तुष्टि जनाए। ‘म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ। सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो। त्यसमा गम्भीर छु,’ शर्माले अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भनेका थिए, ‘तर नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ भन्ने मेरो माग हो।’

जनार्दनको घोचपेच सुनेपछि प्रचण्डले पनि उनलाई त्यही शैलीमा जवाफ फर्काए। प्रचण्डले भने, ‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षाको कुरा। म तपाईंहरुलाई भन्न चाहन्छु, जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ।’ शर्माले आफूलाई उपमहासचिव बनाइएकामा पनि असन्तुष्टि पोखे। 

प्रकाशित: Sep 07, 2022| 15:39 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...