शुक्रबार, असार ५, २०८३

कर्मचारीको सरुवा नरोके एमालेले कडा प्रतिवाद गर्छ : विशाल भट्टराई

स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धन सरकारले राजनीतिक आस्थाको आधारमा कर्मचारी परिचालन गरी आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि चरम दमन गरेको भट्टराईको आरोप छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आगामी निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले कर्मचारी सरुवा गर्ने काम गरिरहेको आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सो निर्वाचनलाई प्रभावित तुल्याउने गरी सरुवा गरिएको भन्दै तत्काल नरोके एमालेले कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्। 

National life

सरकारले राजनीतिक आस्थाको आधारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिल्लाजिल्लामा खटाउने काम गरिरहेको भन्दै तत्काल त्यो काम रोक्न उनको चेतावनी छ। स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धन सरकारले राजनीतिक आस्थाको आधारमा कर्मचारी परिचालन गरी आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि चरम दमन गरेको भट्टराईको आरोप छ। 

जनताले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अवस्था हुन नदिने काम सरकारले गर्न नपाउने उनको भनाइ थियो। 'सरकारले कर्मचारी सरुवा जभाभावी मनलाग्दी तरिकाले निरन्तर भईरहेको छ। आसन्न निर्वाचनलाई प्रभावित गर्ने गरी आस्थाका आधारमा आफ्ना मान्छेहरु छानीछानी जिल्लाजिल्लामा प्रहरी प्रमुख र जिल्ला प्रशासन कार्यालयको प्रमुख प्रमुख जिल्ला अधिकारीको रुपमा पठाउने काम भईरहेको छ,' उनले थपे, 'तरिकाले निर्वाचनलाई प्रभावित गर्नेगरी आफ्ना मान्छेहरु छानीछानी लाने काम गरिएको छ। हामी त्यसलाई कडा रुपमा प्रतिवाद गर्न चाहन्छौं। र, जाने मान्छेहरुलाई भन्न चाहन्छौं–नेकपा (एमाले) चुप लागेर बस्दैन।'

निर्वाचन आयोगले यही भदौं २० गतेयता कर्मचारी सरुवा, बढुवा गर्ने काम नगर्न सरकारलाई निर्देशन दिइसकेको छ।

प्रमुख सचेतक भट्टराईले हाँस्यकलाकार अपूर्व क्षितिज सिंहलाई आफ्नो कला प्रस्तुत गरेबापत १० दिनदेखि हिरासतमा राखेकोमा आपत्ति जनाउँदै तत्काल रिहाई गर्न पनि सरकारसँग माग गरे। 

Shivam cement

प्रकाशित: Sep 07, 2022| 14:56 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...