मंगलबार, जेठ ८, २०८१

यू–१७ साफ च्याम्पियन्स : जित्नैपर्ने दबाबमा नेपाली टिम

नेपालले दोस्रो खेल २४ भदौ शुक्रबार भारतविरुद्ध खेल्दै छ। भुटानविरुद्धको बुधबारको खेल जिते नेपालले भारतसँगको खेलमा पराजित भए पनि कुनै असर नपर्ने हुँदा जित्नैपर्ने दबाब छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं– श्रीलंकामा जारी यू–१७ साफ च्याम्पियन्सपमा नेपालले बुधबार भुटानविरुद्ध पहिलो खेल खेल्दै छ। यो खेल नेपाली समयानुसार बेलुका ८ः१५ मा कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। 

triton college

पहिलो खेलमै पराजित भुटान विरुद्ध मैदान उत्रिँदै गर्दा नेपाललाई एक खेलअगावै सेमिफाइनल पुग्ने मौका छ। नेपाली टोलीको नेतृत्व ‘ए’ डिभिजन क्लब चर्च ब्वाइजमा खेल्ने प्रशान्त लक्षामले गर्नेछन्। भारतसँग पराजित भएको भुटान नेपालसँग पनि पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ। 

नेपालले दोस्रो खेल २४ भदौ शुक्रबार भारतविरुद्ध खेल्दै छ। बुधबारको खेल जिते नेपालले भारतसँगको खेलमा पराजित भए पनि कुनै असर पर्ने छैन। त्यसैले नेपाललाई यस दिनको खेल जित्नैपर्ने दबाब रहेको छ। किनकी साबिक विजेता भारत प्रतियोगिताकै सबैभन्दा बलियो टिम हो। यो संस्करणको उपाधिको मुख्य दावेदार टिम भारतलाई नै मानिएको छ।

प्रतियोगितामा ६ टोलीको सहभागिता छ। समूह ‘ए’मा श्रीलंका, माल्दिभ्स र बंगादेश रहेका छन्। त्यस्तै, समूह ‘बी’मा नेपाल, भारत र भुटान रहेका छन्। समूह ‘ए’मा बंगलादेश तीन अंकका साथ समूहको शीर्ष स्थानमा छ भने नेपाल सम्मिलित समूह ‘बी’मा भारत तीन अंकका साथ समूहको शीर्ष स्थानमा रहेको छ।

यसअघि नै पहिलो खेल खेलिसकेको भुटान भारतसँग ३–० ले पराजित भएको थियो। तर भुटानका प्रशिक्षक तासी हिदिहारु ताकाहासाहीले पहिलो खेलमा सोचेअनुसारको लयमा खेल्न नसकेको र  खेललाई वर्षाले पनि प्रभाव पारेको बताउँछन्। त्यसैले बुधबार नेपालविरुद्ध राम्रो प्रदर्शन गर्दै पहिलो जित निकाल्ने दाबी उनको छ। साथै, सेमिफाइनल पुग्ने सम्भावनामा आशावादी रहेको प्रशिक्षक ताकासाहीले बताएका छन्।

corrent noodles
Metro Mart
नेपालले दोस्रो खेल २४ भदौ शुक्रबार भारतविरुद्ध खेल्दै छ। भुटानविरुद्धको बुधबारको खेल जिते नेपालले भारतसँगको खेलमा पराजित भए पनि कुनै असर नपर्ने हुँदा जित्नैपर्ने दबाब छ। 

त्यस्तै, पहिलो खेलको सुरुआत सुखद गर्नेमा नेपाली प्रशिक्षक विश्वस्त देखिएका छन्। उनले नेपाली टोलीको तयारि राम्रो भएको र पहिलो खेलमै जित निकाल्नेमा विश्वस्त रहेको बताएका हुन्। ‘हाम्रो टिमको तयारी एकदम राम्रो भइरहेको छ। सबै खेलाडी एकजुटका साथ अभ्यास गरिरहेका छन्। टिममा सबै खेलाडी फिट छन्। यसले गर्दा टिममा कुनै पनि समस्या छैन। एकेडेमी तथा डिभिजन लिग खेलेका खेलाडी छन्। त्यसले गर्दा हाम्रो टिमले धेरै राम्रो प्रदर्शन गर्नेछ’, श्रेष्ठले भने।

साफ यू–१७ अहिलेको संस्करणसम्म आइपुग्दा ६ पटक आयोजना भइसकेको छ। यीमध्ये चार प्रतियोगिता नेपालले आयोजना गरेको छ। ६ संस्करणमा तीन पटक फाइनल खेलेको नेपाल उपाधिविहीन छ। नेपालका लागि अन्य उमेर समूहमा झैं यू–१७ मा पनि भारत नै बाधा बन्दै आएको छ। नेपालले खेलेका तीन वटै फाइनल खेलमा भारतसँग पराजित भएको छ।

यसअघि भएका खेलमा समूह ‘ए’मा बंगलादेशले आयोजक श्रीलंकामाथि सानदार जित निकालेको थियो। सोमबार भएको खेलमा आयोजकमाथि बंगलादेशले ५–१ को जित निकालेको थियो। पहिलो खेलमा सानदार जित निकालेको बंगलादेशले बुधबार हुने पहिलो खेलमा माल्दिभ्ससँग खेल्दै छ। समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

२७ भदौमा सेमिफाइनल तथा २९ भदौमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका सबै खेल रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा हुनेछन्।

नेपाली टिम
गोलकिपरः कृषाल मोक्तान, समीर चन्द, रुविन बोगटी

डिफेन्डरः अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दीपक थापा मगर, निशान्त तामाङ, युनिष मगर, विक्रम तामाङ, प्रितम कार्की, धीरज विश्वकर्मा

मिडफिल्डरः प्रशान्त लक्षाम, मिराक लिङ्देन, सरोज दारलामी, हरिशराज भट्ट, लच्छु थापा

फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम

प्रकाशित: Sep 07, 2022| 14:30 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।