शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजाज इन्ट्रासिटी : यसपालिको चाड, उपहारसँगै स्वरोजगार

बजाज इन्ट्रासिटी : यसपालिको चाड, उपहारसँगै स्वरोजगार

बजाज थ्री ह्वीलर्स, ‘बजाज आरई बीएस ६’ र ‘बजाज मेक्सिमा सी’को एकमात्र वितरक, हंसराजहुलासचन्द एण्ड कम्पनीले चाडपर्व अभियान सुरु गरेको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं– बजाज थ्री ह्वीलर्स, ‘बजाज आरई बीएस ६’ र ‘बजाज मेक्सिमा सी’को एकमात्र वितरक, हंसराजहुलासचन्द एण्ड कम्पनीले चाडपर्व अभियान सुरु गरेको छ। 

कम्पनीले दशैं, तिहार र छठ लक्षित ‘यसपालीको चाड, उपहारसँगै स्वरोजगार’ राखिएको छ। बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको दाबी गरिएको छ। 

यो अभियानमा ‘बजाज आरई बीएस ६’ र ‘बजाज मेक्सिमा सी’को खरिदमा ३२ इञ्चको हिमस्टार एलईडी स्मार्ट टीभी वा सामसङ टीभी वा सामसङ एफ २२ स्मार्ट फोन पाउने अफर राखिएको छ।

हंसराजहुलासचन्द एण्ड कम्पनीप्रा. लिमिटेडका निर्देशक अभिमन्यु गोल्छाले चाडपर्वको अवसरमा ग्राहकहरूमाझ यो अभियान प्रस्तुत गर्न निकै खुशी लागेको बताएका छन्। यो अफर सीमित अवधिको लागि मात्र ल्याइएको छ।

प्रकाशित: Sep 07, 2022| 13:48 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्