बिहीबार, असार ४, २०८३

सुपर लघुवित्त वित्तीय संस्था समस्याग्रस्त घोषणा

नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। दाङको तुलसीपुरमा प्रधान कार्यालय रहेको लघुवित्तले सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको प्रत्यक्ष संलग्नतामा संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरूपयोग गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ। 

National life

संस्थाको २०७८ असोज मसान्तको वित्तीय विवरणका आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणपछि संस्थालाई समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार यसअघि २०७८ चैत २ गते संस्थाको प्राथमिक पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको हुँदा संस्थाको शीघ्र सुधारात्मक कारबाही गरिएको थियो। राष्ट्र बैंकका अनुसार शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको काराबाही गरेको थियो। 

राष्ट्र बैंकले सो संस्थालाई उच्च व्यवस्थापनसँग सुधारका कार्यक्रमका सम्बन्धमा छलफल गरी अभिलेख राख्ने, पुँजी वृद्धि योजना माग गर्ने, नगद लाभांशमा रोक लगाउने, नयाँ शखा खोल्न रोक लगाउने, सञ्चालकको भत्ता तथा सुविधा र प्रमुख कार्यकारी लगायत उच्च व्यवस्थापनको तलब, भत्ता तथा सुविधा वृद्धिमा रोक लगाउने जस्ता कारबाही गरिसकेको थियो। 

त्यस्तै, नयाँ व्यावसायिक क्रियाकलालायहरु गर्न रोक, ऋण सापटी लिन सिमा कायम गर्ने, खरिद वा लिज प्रक्रिया मार्फत थप स्थिर सम्पत्ति प्राप्त गर्नुपूर्व राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने जस्ता व्यवस्था पनि गरेको थियो। राष्ट्र बैंकका अनुसार समस्याग्रस्त घोषणा गर्नुपूर्व संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिइएको थियो।

प्रकाशित: Sep 07, 2022| 13:36 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्