शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • क्यानको लचिलोपनको फाइदा उठाउँदै घर जाने भनेर निस्किएका थिए सन्दीप

क्यानको लचिलोपनको फाइदा उठाउँदै घर जाने भनेर निस्किएका थिए सन्दीप

घटना भएको भनिएको रात पनि सन्दीपलगायत सबै खेलाडी सोही होटलमा बसेका थिए। राष्ट्रिय क्रिकेट टिम भोलिपल्ट विदेश भ्रमणका जाँदै थियो खेल्नका लागि। विदेश भ्रमणको अघिल्लो रातभर होटलबाट कसरी हराए त सन्दीप?
 |  बुधबार, भदौ २२, २०७९

विनय सापकोटा

विनय सापकोटा

बुधबार, भदौ २२, २०७९

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान हुन् सन्दीप लामिछाने, जसलाई अहिले बलात्कारको आरोप लागेको छ। १७ वर्षे एक किशोरीले उनलाई बलात्कारको आरोप लगाएपछि गौशाला प्रहरी वृत्तमा सन्दीपविरुद्ध मंगलबार जाहेरी दर्ता भएको हो।

triton college

जाहेरीअनुसार जुन दिन घटना भएको भनिएको छ, त्यतिबेला सन्दीप राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा थिए। क्यानले नेपाली टिमका सबै सदस्यलाई सोल्टीमोडस्थित होटल हयात प्यालेसमा राखेको थियो।

अक्सर क्यानले काठमाडौंमा हुने सबैजसो प्रतियोगिता र बन्द प्रशिक्षणका लागि राट्रिय टिमका खेलाडीहरुलाई हयात प्यालेसमा राख्ने व्यवस्था गरेको छ। 

घटना भएको भनिएको भन्दा अघिल्लो रातसम्म सन्दीपलगायत सबै खेलाडी सोही होटलमा बसेका थिए। राष्ट्रिय क्रिकेट टिम भोलिपल्ट विदेश भ्रमणका जाँदै थियो खेल्नका लागि। विदेश भ्रमणको अघिल्लो रातभर होटलबाट कसरी हराए त सन्दीप? उनी रातभरि हराउँदा क्यानले सोधीखोजी गर्नुपर्ने होइन? के यो सामान्य कुरा हो? क्यानमाथि प्रश्न तेर्सिएको छ। 

नेपाली टिम बन्द प्रशिक्षणमा रहँदा पनि अभ्यास सकेर खेलाडी आफ्नो कामको लागि बाहिर निस्कन नपाउने भन्ने रेगुलेसन क्यानको नरहेको क्यानका क्रिकेट म्यानेजर विनोद दास बताउँछन्। ‘यदि भोलिपल्ट कुनै अभ्यास छैन भने टिमलाई भनेर खेलाडी बाहिर निस्कन पाउने व्यवस्था रहेको छ,’ नेपाल समयसँग विनोदले भने, ‘बाहिर निस्कने हो भने आफ्नो के कति काम रहेको छ, त्यो जानकारी गराएर निस्कन समस्या हुँदैन।’

corrent noodles
Metro Mart

अन्त्यतै जरुरी कामबाहेक एक–दुई दिन वा एक रात कति समयका लागि बस्न मिल्ने हो ? भन्ने प्रश्नको जवाफमा विनोदले भने, ‘जस्तो भोलिपल्ट विदेश जाने दिन छ भने र खेलाडीको काठमाडौंमा फ्ल्याट वा घर छ भने उनीहरु टिमलाई भनेर घर जान सक्छन्।’

त्यसो भए सन्दीप टिमलाई के भनेर निस्किएका थिए त? नेपाली टिम आज (बुधबार) मात्र केन्याबाट स्वदेश फर्किने भएकाले यो सबै विषयको जानकारी टिम फर्किसकेपछि मात्र हुने विनोदले बताए। सन्दीपबाहेक नेपाली टिम आज स्वदेश फर्किएको छ। एयर अरेबियाबाट आज बिहान साढे ९ बजे त्रिभुवन विमानस्थलमा ल्यान्ड भएको नेपाली टिम साढे १० बजे बाहिर निस्किएको थियो। नेपाली टिमका म्यानेजर हुन् सुनिल महासेठ। विमानस्थलमै भेटिएका महासेठले त्यो रात सन्दीपबारे आफूलाई थाहा नभएको बताएका छन्।

घटना भएको भनिएको रात पनि सन्दीपलगायत सबै खेलाडी सोही होटलमा बसेका थिए। राष्ट्रिय क्रिकेट टिम भोलिपल्ट विदेश भ्रमणका जाँदै थियो खेल्नका लागि। विदेश भ्रमणको अघिल्लो रातभर होटलबाट कसरी हराए त सन्दीप? 

त्यसो त विदेश यात्राको दुई रातअघि फुटबल खेलाडी डिस्को गएको घटना पनि पुरानो भएको छैन। उनीहरु राति डिस्को गएपछि जरिवाना र लामो समय प्रतिबन्धमा परेको घटना खेल क्षेत्रमा यदाकदा अझै चर्चाको विषय बन्छ। अनुशासनको राम्रो उदाहरणको रुपमा लिइने खेलाडीहरु बन्द प्रशिक्षणमा रहँदा टिमको म्यानेजर वा सिनियर व्यक्तिलाई जानकारी नदिईकन बाहिर जान मिल्दैन।

सन्दीप त्यो रात टिमसँग थिए कि थिएनन् भन्ने प्रश्नको जवाफमा महासेठले मुस्कुराउँदै भने, ‘खै, हामीलाई थाहै हुँदैन यस्तो कुराहरु।’

‘तपाईं त टिम म्यानेजर हो नि? अनि उनको रुममेट को थियो?’ उनी यसको उत्तरै नदिएर टिमको बसमा चढिहाले।

यदि त्यस्तो हो भने क्रिकेट संघ कसरी अघि बढ्छ? रातभरि हराएको भनिएको छ, त्यसरी जानेलाई क्रिकेट टिमले कारबाही गर्छ कि गर्दैन? धेरै प्रश्नहरु छन्। क्यानका धेरैजसो पदाधिकारी सम्पर्कमा आउन चाहिरहेका छैनन्। अध्यक्ष चुतरबहादुर चन्दले भने केही मिडियामा बोलेका छन्। उनले पनि सन्दीप भदौ ५ गतेको राति होटलमा नभएको बुझेका छन्। नेपाली टिमको क्लोज क्याम्प सोही दिन सकिएको थियो। औपचारिक बिदाइपछि उडानसम्मको समय खाली समय हो। त्यो समयमा कसैको घर काठमाडौंमा नै छ भने क्यानले घर परिवारसँग खेलाडीको भेटघाट होस् भन्ने हेतुले खेलाडीले चाहेमा घर जाने छुट भने दिएको अध्यक्ष चन्द बताउँछन्।

त्यसैको फाइदा उठाउँदै घर जाने भनेर निस्किएका सन्दीप काठमाडौं र भक्तपुरका विभिन्न होटलमा एक किशोरीसहित पुगेको सीसीटीभी फुटेजहरुमा देखिएको छ। सिनामंगलको होटलमा दुवैजना देखिएको र नगरकोटबाट फुटेज मगाइएको प्रहरीले बताएको छ। 

अहिले सबैलाई थाहा भएकै कुरा हो– केही समययता नेपाली क्रिकेट टिम दुई गुटमा विभाजित छ। नेपाली टिमलाई दुई गुटबाट एक टिम बनाउनका लागि ल्याइएका कप्तान हुन् सन्दीप लामिछाने। ‘पूर्वकप्तान ज्ञानेन्द्र मल्लले टिमलाई एकजुट बनाउन सक्नुभएन त्यसैले उहाँको ठाउँमा सन्दीपलाई राखेको हो,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले कप्तान परिवर्तन गर्ने बेला भनेका थिए। उनले सन्दीपको करिअर लामो रहेका कारण उनलाई कप्तानी दिनु नेपाली क्रिकेटको भविष्यका लागि पनि राम्रो हुने बताएका थिए। तर विदेश भ्रमणको अघिल्लो दिन टिमसँगै रहनुपर्ने नैतिक जिम्मेवारी पनि कप्तानको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिम भदौ ६ गते सोमबार केन्या प्रस्थान गरेको थियो। त्यसअघि नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले होटल हयातमा भदौ ५ गते बिदाइ गरेको थियो। बिदाइमा कप्तान लामिछाने पनि उपस्थित थिए। कार्यक्रममा उनले टिमको तयारी, नयाँ प्रशिक्षक मनोज प्रभाकर र प्रभाकरले नेपाली खेलाडीसँग समय बिताउनेबारे बोलेका थिए। त्यतिबेला कप्तान शान्त मुद्रामा गफ गरिरहेका थिए।

घर जाने भनेर निस्किएका सन्दीप काठमाडौं र भक्तपुरका विभिन्न होटलमा एक किशोरीसहित पुगेको सीसीटीभी फुटेजहरुमा देखिएको छ। सिनामंगलको होटलमा दुवैजना देखिएको र नगरकोटबाट फुटेज मगाइएको प्रहरीले बताएको छ। 

दिउँसो १ बजे सुरु भएको पत्रकार सम्मेलन सकिउन्जेलसम्म सन्दीप होटलमै देखिएका थिए। कार्यक्रममा नेपाली क्रिकेटको रिपोर्टिङ गर्ने अधिकांश पत्रकार उपस्थित थिए। सन्दीपचाहिँ आफूलाई ढिलो भइसकेको जस्तो गर्दै यताउता गरिरहेका थिए। चञ्चले स्वाभावका सन्दीप कहिलेकाहिँ आफ्नो व्यवहारका कारण पनि आलोचना खेपिरहेका हुन्छन् नै। पत्रकार सम्मेलन कक्षको बहिरपट्टि केन्या प्रस्थान गर्नुअघि काट्नको लागि ‘क्रिकेट टिम’नाम लेखिएको केक राखिएको थियो। सन्दीप आए, केक काटे, आफैंले खाए अनि निस्किए। 

त्यही रात सन्दीप कता गए भन्ने प्रश्नमा क्यानका पदाधिकारीले जवाफ दिन नचाहेको हो। केन्या प्रस्थान गर्नुअघि उनले आफू सीपीएल खेलिसकेपछि मात्र नेपाल फर्किने बताएका थिए। यो सिजनको सीपीएलमा सन्दीपले बेञ्चमा मात्र स्थान बनाइरहेका छन्। यो वर्षको सीपीएल अक्टोबर १ तारिखमा सकिनेछ। सायद सन्दीपको नेपाल आगमन त्यो मितिकै आसपासमा हुनुपर्छ। किनभने सीपीएलको समूह चरणको खेल पनि सेप्टेम्बर २५ तारिखमा मात्र सकिनेवाला छ।

त्यसो त सन्दीप विश्वका ठूला फ्रेन्चाइज खेल्ने भएका कारण नेपाली टिमसँग अन्य खेलाडीको तुलनामा कमै रहन्छन्। महत्वपूर्ण खेलका लागि उपस्थित हुने उनी अभ्यास खेलमा भने बिदा पर्दा मात्र देखिने गरेका छन्। त्यसैले पनि सन्दीपलाई क्यानले केहि स्वतन्त्रता प्रदान गर्ने अवसर चाहिँ हुन्छ।

प्रकाशित: Sep 07, 2022| 13:06 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।