मंगलबार, जेठ ८, २०८१

कारण नखुलाई क्यानले रद्द गर्‍यो पत्रकार सम्मेलन

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगको विषयमा आयोजना गर्न लागेको पत्रकार सम्मेलन रद्द गरेको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगको विषयमा आयोजना गर्न लागेको पत्रकार सम्मेलन रद्द गरेको छ। प्राविधिक कारण देखाउँदै क्यानले आजको पत्रकार सम्मेलन रद्द गरेको हो।

triton college

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी परेपछि क्यानले पत्रकार सम्मेलन अचानक रद्द गरेको बताइएको छ। क्यानले टी २० को विषयमा बाफलस्थित होटल हायत प्यालेसमा पत्रकार सम्मेलन आयोजना गरेको थियो। 

सन्दीपमाथि आरोप लागेको विषयमा क्यानले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यसबारे धारणा तय गर्न क्यानले आज आकस्मिक बैठक डाकेको छ। बैठकले क्यानको कप्तानी निलम्बन गर्न सक्ने बुझिएको छ। 

सन्दीप हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्। उनी आबद्ध जमैकाले भोलि सेन्ट लुसियासँग खेल्दैछ। सिपिएल आगामी अक्टोबर १ सम्म हुँदैछ भने सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ। 

प्रकाशित: Sep 07, 2022| 11:56 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।