बिहीबार, साउन २१, २०८३

प्रतिनिधि सभा बैठक बस्दै, के मिडिया विधेयक पारित होला?

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

बैठकमा राष्ट्रिय सभाको सन्देशसहित प्राप्त ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकमाथि दफावार छलफल सदनमा गरियोस् भन्न प्रस्ताव गर्नेछन्। छलफलपछि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

त्यसैगरी नेकपा एमालेका सांसद भीमबहादुर रावलले ‘माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न/गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्द्धन गर्न आवश्यक भएकोले’ भन्ने जरुरी सार्वजनिक महत्त्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको ध्यानाकर्षण गर्ने तयारी गरेका छन्।

प्रकाशित: Sep 07, 2022| 09:35 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...