आइतबार, जेठ ३१, २०८३

रियल मड्रिडको जित, चेल्सीको हार, बराबरीमा रोकिया मिलान

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत मंगलबार रातिको खेलमा साबिक विजेता रियल मड्रिडले जित निकालेको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत मंगलबार रातिको खेलमा साबिक विजेता रियल मड्रिडले जित निकालेको छ।

National life

सेल्टिकको मैदानमा भएको खेलमा रियलले घरेलु टिमविरुद्ध ३-० को जित निकालेको हो। रियलका लागि भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हजार्डले गोल गरेका थिए। रियल मड्रिडबाट लामो समयको गोल खडेरीपछि हजार्डले गोल गरेका हुन्।

यससँगै रियलले समूह एफमा तीन अंक जोडेको छ। सोही समूहको अर्को टिम शख्तर डोनेटेस्कले आरबी लाइप्जिकलाई ४-१ ले हराएको छ।

यता, समूह ईको खेलमा भने डिनामो जेरेबले इंग्लिस क्लब चेल्सीलाई १-०  हराएको छ। दुई सिजनअघिको च्याम्यिन्स लिग विजेतालाई हराउन जेरेबका मिस्ल्याव ओरसिचले गोल गरेका थिए। यो हारले चेल्सीलाई समूह को पुछारमा पुर्‍याएको छ।

सोही समूहको अर्को खेलमा भने एसी मिलान साल्जबर्गसँग १-१ को बराबरीमा रोकिएको छ। साल्जबर्गकै मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्थाबाट गोल फर्काउँदै मिलान बराबरीमा रोकिएको हो।

Shivam cement

च्याम्पियन्स लिगमा आज राति आयाक्स र रेन्जर्स, फ्रांकफर्ट र स्पोर्टिङ, इन्टर मिलान र  बायर्न, बार्सिलोना र भिक्टोरिया प्लजिन, नापोली र लिभरपुल, एट्लेटिको मड्रिड र पोर्टोका साथै टोटेनहम र मार्से भिड्दैछन्।

प्रकाशित: Sep 07, 2022| 08:41 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।