शनिबार, मंसिर ६, २०८२

च्याम्पियन्स लिगमा सिटी र पिएसजीको जित

नयाँ संस्करणको युरोपियन च्याम्पियन्स लिग मंगलबार रातिबाट सुरु भएको छ। गएराति युरोपका ठूला मानिएका टिमहरू म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन(पिएसजी) र साबिक विजेता रियल मड्रिडले जित निकालेका छन्।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- नयाँ संस्करणको युरोपियन च्याम्पियन्स लिग मंगलबार रातिबाट सुरु भएको छ। गएराति युरोपका ठूला मानिएका टिमहरू म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन(पिएसजी) र साबिक विजेता रियल मड्रिडले जित निकालेका छन्।

National life

स्पेनको सभिया सहरमा भएको खेलमा घरेलु टिम सभियाविरुद्ध प्रिमियर क्लब म्यानचेस्टर सिटीले ४-० को जित निकालेको छ। इर्लिङ ब्रट हाल्यान्डको दोहोरो गोलमा सिटीले सहज जित निकालेको हो।

खेलको २०औं मिनेटमा हाल्यान्डले अग्रता बनाएको खेलको पहिलो हाफमा सेभिया एक गोलले पछि थियो। ५८औं मिनेटमा फिल फोडेले अग्रता दोब्बर बनाउँदा हाल्यान्डले ६७औं मिनेटमा अर्को गोल थपेका थिए।

त्यस्तै, रुविन डियासले इज्युरी समयमा गोल गरेसँगै सिटीले फराकिलो जित निकाल्यो। समूह जि कै अर्को खेलमा भने बोरुसिया डर्टमन्डले कोपनहेगनलाई ३-० गोलअन्तरले हराएको छ।

पिएसजीको मैदानमा भएको खेलमा भने युभेन्टुले घरेलु टिमसँग २-१ को हार बेहोरेको छ।  समूह एच अन्तर्गतको खेलमा पिएसजीलाई जित दिलाउन दुवै गोल एम्बाप्पले गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 07, 2022| 08:25 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।