बिहीबार, साउन २१, २०८३

सिट बाँडफाँट कार्यदलको बैठक आज टुंगोमा पुग्ला?

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ। दलहरूले पाउने सिट संख्या टुंगो लगाउने गरी बैठक बस्न लागेको बताइएको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ। दलहरूले पाउने सिट संख्या टुंगो लगाउने गरी बैठक बस्न लागेको बताइएको छ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले बताएका छन्। बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने उनको भनाइ छ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरूले पाउने गरी सहमति जुटाइएको स्रोतको भनाइ छ। कार्यदलको बैठक बुधबार साँझ ५ बजेका लागि बोलाइएको छ।

गठबन्धन आबद्ध पाँचै दलले ४ मंसिरमा हुने निर्वाचनका लागि सिट भागबन्डाको मुद्दा मिलाउन भन्दै २० साउनमा ११ सदस्यीय कार्यदल बनाएका थिए। 

कार्यदलको पहिलो बैठक २३ साउनमा बसेको थियो भने बैठकले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएको थियो।

कार्यदलभित्र सहमति हुने अवस्था नबनेपछि कार्यदलले शीर्ष तहका नेतालाई नै सहमतिको गाँठो खोल्ने जिम्मा दिएर प्रतिवेदन बुझाइसकेको छ। शीर्ष तहबाट निर्वाचन क्षेत्रअनुसार सिट बाँडफाँटको आधार खोज्ने प्रयास जारी छ।

प्रकाशित: Sep 07, 2022| 06:46 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...