बुधबार, माघ ९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप, प्रहरीमा जाहेरी दर्ता

Siddartha premir insuranceSiddartha premir insurance

कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप, प्रहरीमा जाहेरी दर्ता

मंगलबार गौशाला प्रहरी वृत्तमा १७ वर्षीया एक नाबालिगले आफूलाई सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी उच्च स्रोतले जनाएको छ।
 |  मंगलबार, भदौ २१, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

मंगलबार, भदौ २१, २०७९

ntc landingntc landing

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा जाहेरी परेको छ।

himalayan bank box

मंगलबार गौशाला प्रहरी वृत्तमा १७ वर्षीया एक नाबालिगले आफूलाई सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी उच्च स्रोतले जनाएको छ। प्रहरीले मंगलबार नै ती किशोरीको मेडिकल जाँच पनि गराएको छ।

जाहेरीअनुसार ती किशोरी र सन्दीपको चिनजान सामाजिक सञ्जाल ‘स्न्यापच्याट’मार्फत भएको थियो। किशोरी सन्दीपकी फ्यान थिइन्। स्न्यापच्याटमा ‘स्यान्डी ड्रिम्स’ नामको सन्दीपको आईडीमा जोडिएकी उनलाई चर्चित सेलिब्रेटी सन्दीपले राम्रै महत्व दिएको महसुस गरी नजिक भइन्।

स्न्यापच्याटमार्फत चिनजान भए पनि चिनजानको छोटो समयमै उनी अरु सामाजिक सञ्जालमा पनि जोडिएका थिए। तर सन्दीप भने ती किशोरीसँग स्न्यापच्याटमा मात्रै कुरा गर्थे। स्न्यापच्याटमा आफैँ म्यासेज डिलिट हुने गरी सेटिङ मिलाउने सुविधा हुन्छ।

स्न्यापच्याटमा जोडिएपछि भेटघाटका लागि सन्दीपले प्रस्ताव गरेका थिए। भेटका लागि किशोरी राजी भइन्। भदौ ५ गते साँझ ६ बजे किशोरीलाई लिन सन्दीप निजी कार लिएर किशोरी बस्ने होस्टल नजिकै आए।

कुनै क्याफेमा पुगेर कफी पिउँदै सन्दीपसँग फोटो लिने किशोरीको चाहना थियो। तर उनको चाहना जस्तो थिएन सन्दीपको योजना। सन्दीपले किशोरीलाई लिएर कार भक्तपुरतिर हुत्याए। यतिन्जेल आफूहरु कहाँ जान लागेको भन्ने किशोरीलाई जानकारी थिएन। त्यसमाथि कारमा बसेलगत्तै सन्दीपले उनको मोबाइल पनि खोसिसकेका थिए। किशोरीले फर्किन आग्रह गरिन्। तर सन्दीपले समयमै ‘ड्रप’ गरिदिने आश्वासन दिए। करिब ८ बजे उनीहरु नगरकोट पुगे।

नगरकोटमा केही खानपानसँगै सन्दीपले मद्यपान गरे। किशोरीको मन आत्तिरहेको थियो। उनीभित्र समयमै होस्टल फर्किने छटपटी थियो। उनले फर्किने जिद्दी गरिन्। किशोरीको जिद्दीपछि सन्दीप काठमाडौं फर्किन राजी भए। उनीहरु काठमाडौं पुगुञ्जेल रातिको ११ बजिसकेको थियो। होस्टल बन्द भइसकेकाले कहाँ जाने भन्ने अन्योल किशोरीमा थियो। सन्दीपले होटल जान प्रस्ताव गरेका थिए। किशोरीसँग अर्को विकल्प थिएन, सन्दीपको प्रस्ताव स्वीकार गर्दै उनले भनिन्– दुईओटा कोठा बुक गर्नुस्।

मंगलबार गौशाला प्रहरी वृत्तमा १७ वर्षीया एक नाबालिगले आफूलाई सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी उच्च स्रोतले जनाएको छ। प्रहरीले मंगलबार नै ती किशोरीको मेडिकल जाँच पनि गराएको छ।

सन्दीपले फोन गरे। होटलका सबै कोठा बुक भइसकेर एउटा मात्र कोठा बाँकी रहेको बताए। मध्यराति किशोरीसँग अर्को विकल्प थिएन। एउटै कोठा भए पनि जान उनी तयार भइन्।

साढे ११ बजे गौशालास्थित तिलगंगामा रहेको एक होटलमा उनीहरू गए। बुक गरेको कोठामा एसी नभएको भन्दै अर्को कोठामा सरे। पीडित पक्षका अनुसार सन्दीपले कारमा छँदा होटलमा फोन गरेजस्तो गरेपनि होटलमा अरु पनि कोठा खाली थिए। त्यसपछि मादक पदार्थ पिलाएर लठ्याएर आफूमाथि सन्दीपले जबर्जस्ती करणी गरेको आरोप किशोरीको छ।

ती किशोरीका अनुसार सन्दीपले अर्को दिन नै उनलाई स्न्यापच्याट र इन्स्टाग्राम सबैतिरबाट ब्लक गरे। उक्त घटनाले मानसिक रूपमा विक्षिप्त बन्दै गएकी उनले ४ दिनपछि आफ्नो नजिकको एक जना साथीलाई सबै घटनाक्रम सविस्तार सुनाइन्। साथीले ‘पुलिस केस’ गर्न सुझाइन्। तर उल्टै आफूमाथि नै मानहानीको मुद्दा वा समाजमा विभिन्न लाञ्छना लाग्छन् कि भनेर उनी तर्सिइन्। जाहेरी दिन डराइन्। तर साथी र सामाजिक अभियन्ताले सम्झाइबुझाइ गरेपछि मंगलबार उनी प्रहरी वृत्तमा जाहेरी दिन पुगेको उनीनिकट स्रोतले बताएको छ।

सन्दीप यतिबेला ट्रिनिडाड एन्ड टोबागोमा छन्। भदौ ६ मा नेपालबाट बिदाई भएका उनी केन्यासँग एकदिवसीय र टी-२० सिरिज खेलेर क्यारेबियन प्रिमियर लिग खेल्न गएका हुन्। जबर्जस्ती करणीको घटना उनी केन्या जानुभन्दा अघिल्लो रातको हो।

प्रकाशित: Sep 06, 2022| 23:19 मंगलबार, भदौ २१, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।