मंगलबार, चैत १७, २०८२

तिलाठी कोइलाडीमा सिटामोल र जीवनजल अभाव

वडा तहमा सञ्चालित स्वास्थ्य केन्द्रमा दुई महिनादेखि सिटामोल र जीवनजल अभाव भएको उनको भनाइ छ। वडा नम्बर ८ का वडाध्यक्ष सत्यनारायण यादव औषधि अभावको समस्या समाधानका लागि आवाज उठाउँदै आएको तर सुनवाइ नभएको गुनासो गर्छन्।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

सप्तरी- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सिटामोल, जीवनजलजस्ता अति आवश्यक औषधि अभाव भएको छ। गाउँपालिकाको एउटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई आधारभूत स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामी मर्कामा परेका छन्। 

National life

स्वास्थ्य चौकीमा सिटामोल र जीवनजल नहुँदा बिरामी औषधिबिना घर फर्किन बाध्य भएको स्थानीय भरत मण्डलले बताए। वडा तहमा सञ्चालित स्वास्थ्य केन्द्रमा दुई महिनादेखि सिटामोल र जीवनजल अभाव भएको उनको भनाइ छ। वडा नम्बर ८ का वडाध्यक्ष सत्यनारायण यादव औषधि अभावको समस्या समाधानका लागि आवाज उठाउँदै आएको तर सुनवाइ नभएको गुनासो गर्छन्।  

गाउँपालिको आठवटै वडास्थित स्वास्थ्य केन्द्रमा दैनिक सयभन्दा बढी रुघाखोकी, ज्वरो र पखालाका बिरामी आउने गरेको स्वास्थ्य शाखाका प्रमुख शैलेश मिश्रले जानकारी दिए। 

आर्थिक कारोबार गर्ने अख्तियारी नपाएकाले टेण्डर गर्न नसकेर औषधि खरिद गर्न नसकिएको उनले बताए। 

कूल ३५ हजार जनसङ्ख्या रहेको गाउँपालिकाको वडा नम्बर एकको तिलाठी, दुईको लौनिया, तीनको सकरपुरा, चारको कोइलाडी र वडा नम्बर पाँचको कोबर्साइनमा स्वास्थ्य चौकी छ। वडा नम्बर ६ को कोमधेपुरा र वडा नम्बर ७ को मन्सापुरमा आधारभूत स्वास्थ्य केन्द छ भने वडा नम्बर ८ को तोपामा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ।

kumari

प्रकाशित: Sep 06, 2022| 22:50 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।