बिहीबार, असोज ३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • गाह्रो छ गच्छदारलाईः एमालेले भ्रष्टाचार मुद्दा उछाल्ने, पार्टीभित्रै चर्को असन्तुष्टि

गाह्रो छ गच्छदारलाईः एमालेले भ्रष्टाचार मुद्दा उछाल्ने, पार्टीभित्रै चर्को असन्तुष्टि

प्रतिनिधिसभामा दुईपटक पराजित एमालेकी भगवती चौधरीले यसपटक बदला लिएरै छाड्ने दाबी गरेकी छन्। पार्टीभित्रको एकता र कांग्रेसभित्रको असन्तुष्टिको फाइदा लिने उनको योजना छ। त्यससँगै विजयकुमार गच्छदार भ्रष्टाचारमा मुछिएको भन्ने विषय चौधरीका प्रमुख चुनावी रणनीति हुन्।
 |  बुधबार, भदौ २२, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

बुधबार, भदौ २२, २०७९

इटहरी- नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको क्षेत्र सुनसरी-३ मा नेकपा एमालेले भगवती चौधरीलाई दोहोर्‍याउने भएको छ। २०७० र २०७४ को निर्वाचनमा गच्छदारसँग पराजय व्यहोरेकी चौधरीलाई यस पटक जसरी पनि जिताउने रणनीतिमा एमाले रहेको छ। नेपाली कांग्रेस सुनसरीले भने गच्छदारलाई प्रतिनिधिसभामा प्रत्यक्षतर्फका लागि सुनसरी-३ बाट सर्वसम्मत सिफारिस गरेको छ। 

triton college

२०७४ को निर्वाचनमा गच्छदारले धाँधली गरेको आरोप एमालेको छ। गत शुक्रबार सुनसरी-३ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई निर्देशन दिँदै भनेका थिए, 'गँड्यौलाजस्तो लाटो नभई सर्पजस्तै बाठो र विषालु बन्‍नु। आफ्नो मतको संरक्षण गर्न सक्नुपर्छ।'

उनले यो अभिव्यक्ति पनि गच्छदारले अघिल्लो निर्वाचनमा धाँधली गरेको आरोपतर्फ इंगित थियो। उनले थपे भनेका थिए, 'यसअघि पनि शक्तिको दुरुपयोग गरेर, बाकस साटेर एमालेको हार घोषणा गराइएको थियो। त्यसैले चनाखो बन्‍नुहोला।' 

२०४८ यताका सबै निर्वाचनमा विजयकुमार गच्छदार विजयी हुँदै आएकाे र यसपटकको चुनावमा पनि गच्छदारले धाँधली गर्नसक्ने उनको आशंका थियो। २०७४ को निर्वाचनमा भएको धाँधलीविरुद्ध भगवती चौधरीले मुद्दा दायर गरे पनि उक्त मुद्दाको फैसला भने हालसम्म हुन सकेको छैन। सर्वोच्च अदालतले न्याय नदिए पनि फेरि जनतामा गएर अनुमोदित हुने चौधरीको इच्छा रहेको छ।  

एमालेले सुनसरी ३ का कांग्रेसभित्रको असन्तुष्टि र एमालेभित्रको एकताले काम गर्ने विश्‍लेषण गरेको छ। अन्य क्षेत्रमा एमाले असन्तुष्टि भए पनि सुनसरी ३ मा एक ढिक्का रहेको एमालेकै नेताहरुको दाबी छ। एमाले क्षेत्र नम्बर ३ संयोजक रेवती घिमिरेले फेरि पनि गच्छदार विजयी भए भने सो क्षेत्रको विकास र परिवर्तन अर्को २० वर्ष पछि धकेलिने आरोप लगाए। 

Metro Mart
vianet
प्रतिनिधिसभामा दुईपटक पराजित एमालेकी चौधरीले यसपटक बदला लिएरै छाड्ने दाबी गरेकी छन्। पार्टीभित्रको एकता र कांग्रेसभित्रको असन्तुष्टिको फाइदा लिने उनको योजना छ। त्यससँगै गच्छदार भ्रष्टाचारमा मुछिएको भन्ने विषय चौधरीका प्रमुख चुनावी रणनीति हुन्। 

'जो मान्छे सांसद पदबाटै निलम्बनमा परेको छ। जसले जितेर पनि संसद् भवन छिर्न पाउँदैन। त्यस्ता उम्मेदवारलाई विजयी गराएर जनताले ऐतिहासिक गल्ती गर्दैनन्,' उनले भने, 'बारम्बार सत्तामा पुगेर पनि केही गर्न नसकेको प्रस्ट छ। त्यसैले यस पटक जनताले ३ नम्बर क्षेत्रमा परिवर्तन खोजेका छन्।'

एमालेको संगठन सुदृढ भएको र कांग्रेसभित्रै असन्तुष्टि देखिएका कारण एमालेको जित निश्चित भएको उनको दाबी छ। क्षेत्र नम्बर ३ मा कांग्रेसबाट गच्छदार र एमालेबाट चौधरीको एकल नाम सिफारिस भएका कारण पुरानै उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको हो।

एमाले मात्र होइन, कांग्रेसकै कार्यकर्ता पनि गच्छदारप्रति रुष्ट देखिएका छन्। आफ्नो नाम उल्लेख गरेर राजनीतिक चुनौती लिन नचाहेको बताउँदै कांग्रेसका एक नेताले भने, 'गत अधिवेशनमा हामीलाई दिएको दु:खको बदला यसपटक लिने नै हो। गच्छदारलाई भगवान् मान्‍ने दिन गए। यस पटक बूढो रुख काटेपछि अर्को पटक नयाँ रुखमा पालुवा पलाउँछ। हामी त्यसैको शीतलतामा रमाउँछौ। बूढो रुख रुङ्‌नु काम छैन।'

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनमा गच्छदारका कारण निर्वाचन कार्यतालिका प्रभावित भएको थियो। उनले आफ्नो पक्षका कार्यकर्तालाई क्षेत्रीय सभापतिदेखि महाधिवेशन प्रतिनिधिसम्म सर्वसम्मत गराउने तयारी गरेका थिए। सहमति गराउने भन्दै रातभर घरैमा भेला राखेका उनले अन्ततः दुवै पक्षका उम्मेदवारको लिस्ट तयार पारेर निर्वाचन गराउन सहमति जनाए। सोही क्रममा अधिवेशन स्थलमा उनीविरुद्ध नाराबाजी समेत भयो। परिणाम स्वरूप महाधिवेशनमा उनी २ मतले पराजित भए। त्यसैको बदला लिने तयारीमा कांग्रेसकै कार्यकर्ता लागेका छन्। 

प्रतिनिधिसभामा दुईपटक पराजित एमालेकी भगवती चौधरीले यसपटक बदला लिएरै छाड्ने दाबी गरेकी छन्। पार्टीभित्रको एकता र कांग्रेसभित्रको असन्तुष्टिको फाइदा लिने उनको योजना छ। त्यससँगै गच्छदार भ्रष्टाचारमा मुछिएको भन्ने विषय चौधरीका प्रमुख चुनावी रणनीति हुन्। 

उता गच्छदार भने आफूमाथि केपी ओलीको एमाले सरकारले विना कारण मुद्दा लगाएको दाबी गर्छन्। गत शुक्रबार कार्यकर्ता भेटघाटका क्रममा नेता गच्छदारले आफ्नो जनाधार बलियो भएका कारण पुनः निर्वाचन जित्‍ने दाबी गरे। सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले न्यायालयबाट न्याय पाउने अपेक्षा रहेको पनि उनले सुनाए। 

प्रकाशित: Sep 07, 2022| 16:05 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...