बुधबार, जेठ २७, २०८३

पल शाह अब दुई वर्ष जेलमै!

अढाई वर्ष कैदको गणना पक्राउ परेका दिनदेखि लागू हुने र पलले अब झन्डै अढाई वर्ष जेलमा बस्नुपर्ने सरकारी वकिलको कार्यालय नवलपुरका वैतनिक वकिल दीपक भट्टराईले बताए।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

नवलपुर- नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहले अझै दुई वर्ष जेलमा नै बस्नुपर्ने भएको छ। मंगलबार नवलपुर जिल्ला अदालतले बलात्कार मुद्दामा सफाइ दिँदै यौन दुर्व्यवहारको मुद्दामा अढाई वर्ष कैदको सजाय सुनाएपछि उनले अझै झन्डै दुई वर्ष जेलमा नै बस्नुपर्ने भएको हो। 

National life

अढाई वर्ष कैदको गणना पक्राउ परेका दिनदेखि लागू हुने र पलले अब झन्डै अढाई वर्ष जेलमा बस्नुपर्ने सरकारी वकिलको कार्यालय नवलपुरका वैतनिक वकिल दीपक भट्टराईले बताए। 

'बिदा कटौती हुँदैन। दिनरात पनि कटौती हुँदैन। अब पलले करिब दुई वर्ष जेल बसे पुग्छ,' भट्टराईले भने। पल शाह गत वर्ष फागुनमा १५ गते पक्राउ परेका थिए। हालसम्म उनी ६ महिनाभन्दा बढी जेलमा परिसकेका छन्। 

नवलपुर जिल्ला अदातलले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएपनि बाल यौन दुरुपयोगको मुद्दामा अढाई वर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनसमेत भनेको छ। सरकारी वकिलको तर्फबाट तीन जनाले बहस गरेका भएपनि अन्तिम बहसमा भने जाहेरवालातर्फबाट कसैले बहस गरेनन्। पलको पक्षबाट ६ जना वकिललले वकालत गरेका थिए। 

Shivam cement

पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो। उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो। 

नाबालिग गायिकाले आफूमाथि शाहले बिहे गर्ने आश्वासन दिई पटकपटक बलात्कार गरेको आरोप लगाएर तनहुँ र नवलपुर अदालतमा उजुरी दिएकी थिइन्। मुद्दा दायर भएपछि दुवैतर्फका जिल्ला अदालतले पुर्पक्षका लागि शाहलाई कारागार पठाउने आदेश दिएका थिए।

त्यसपछि शाहका कानून व्यवसायीले दुवै जिल्लाको आदेश बदर गरी साधारण तारेख वा धरौटीमा छाड्न माग गरी उच्च अदालत पोखरामा निवेदन दिएका थिए। तर उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेको थियो। घटना र घटनास्थल फरक भएकाले दुवैतर्फ पलविरुद्ध जबर्जस्ती करणीको मुद्दा चलिरहेको थियो।

बिहेको प्रलोभन देखाएर पटकपटक जबर्जस्ती करणी गरेको आरोप लगाएकी ती गायिकाले भने वैशाखमा दुवै अदालतमा बकपत्र दिन जाँदा आफूलाई पलले बलात्कार नगरेको, जाहेरी पनि अरुको उक्साहट र दबाबमा दिएको भन्दै बयान फेरेकी थिइन्।

प्रकाशित: Sep 06, 2022| 20:21 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।