मंगलबार, फागुन १९, २०८२

सावित्रा र अनिताले २-२ गोल गरेपछि साफमा नेपालको विजयी सुरुवात

खेलको १२औं मिनेटमै फरवार्ड सावित्रा भण्डारीले भुटानी डिफेन्डरबाट बल खोस्दै गरेको गोलले नेपालले अग्रता बनाएको थियो।खेलमा अनिता बस्नेत प्लेयर अफ दि म्याच भइन्।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- साफ महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवा गरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले भूटानलाई ४ गोल गर्दै विजयी भएको हो।  जवाफमा भूटानले गोल गर्न सकेन। 

दीपा शाही, अमिषा कार्की र समीक्षा घिमिरेले डेब्यु गरेका थिए। 

खेलको १२औं मिनेटमै फरवार्ड सावित्रा भण्डारीले भुटानी डिफेन्डरबाट बल खोस्दै गरेको गोलले नेपालले अग्रता बनाएको थियो।खेलमा अनिता बस्नेत प्लेयर अफ दि म्याच भइन्।

खेलको ३५औँ मिनेटमा भुटानकी पेमा चोडेन छिरिङले दिएको क्रसलाई सुनिता राईले सदुपयोग गर्न नसक्दा भुटान शून्यमा रहेको हो।

खेलको ६८औ साम्बाले व्यक्तीगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अवस्थामा ल्याइन्। खेलको ७३औँ मिनेटमा अनिता बस्नेतले गोल गरिन्। अनिताले नै खेलको ८४ औँ मिनेटमा गोल गर्दै ४-० को अग्रता बनाएको हो। 

kumari

नेपालले दोस्रो खेलमा श्रीलंकासँग २७ गते खेल्नेछ।

प्रकाशित: Sep 06, 2022| 19:33 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।