शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसएलसी र +२ उर्तिर्ण गरेको नक्कली सर्टिफिकेट बनाउने ३ जना पक्राउ

एसएलसी र +२ उर्तिर्ण गरेको नक्कली सर्टिफिकेट बनाउने ३ जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार गोप्य सूचनाका आधारमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने मेसिनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- एसएलसी र +२ उत्तिर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने ३ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार गोप्य सूचनाका आधारमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने मेसिनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। 

National life

काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीमा सञ्‍चालित विभिन्‍न फोटो स्टुडियोहरुले एसएलसी, +२ उत्तिर्ण गरेको नक्कली प्रमाणपत्र बनाउने गरेको पाइएको थियो। 

प्रहरी उपरीक्षक कोइरालाले भने, 'काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले भदौ २० गते दिउँसो १ बजे नक्कली प्रमाणपत्र बनाउन प्रयोग हुने उपकरणसहित तीन जना पक्राउ परेका हुन्।' 

त्यसैगरी उनीहरुको साथबाट खाडी मुलुकमा वैदेशिक रोजगारमा जाने व्यक्तिहरुबाट पाँच सय र एक हजार रुपैयाँ लिएर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको पनि खुलेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए। 

उनका अनुसार पक्राउ पर्नेमा मोरङको बेलबारी स्थायी ठेगाना भई काठमाडौंको गौशलामा एभीआई फोटो स्टुडियोका सञ्‍चालक ३० वर्षीय चबुरलाल चौधरी, सिन्धुलीको सुनकोशी गाउँपालिका-०४ स्थायी घर भई काठमाडौंको बानेश्वरमा एमए जनरल फोटो स्टुडियोका सञ्‍चालक ४३ वर्षीया सुमित्रा कोइराला, सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका-०४ घर भई हाल काठमाडौंको बानेश्वरमा केएन फोटो स्टुडियोका सञ्‍चालक २४ वर्षीया फुल्हमु तामाङ रहेका छन्। 

उनीहरुको साथबाट चार थान कम्युटर सेट, दुई था पेन ड्राइभ, कलर प्रिन्टर चार थान, विभिन्‍न व्यक्तिका एसएलसी र +२ का नक्कली सर्टिफिकेट ६ थान पनि बरामद गरिएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिएका छन्। 

प्रकाशित: Sep 06, 2022| 18:24 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।