शुक्रबार, असोज ९, २०८३

ग्लोबल आइएमई बैंकको २७३औं एटीएम बुटवलको देवीनगरमा

ग्लोबल आइएमई बैंकको देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ। नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २७३ पुगेको छ।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- ग्लोबल आइएमई बैंकको देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ। नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २७३ पुगेको छ।

उक्त एटीएम सेवाको उद्‌घाटन बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैंकका लुम्बिनी प्रदेश प्रमुख रवि श्रेष्ठले संयुक्त रुपमा गरेका थिए। एटीएम सेवा उद्‌घाटनपछि वडाध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैंकको एटीएमले सेवाग्राहीलाई धेरै सुविधा पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा स्थानीय तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो। मुलुकका ७७ अै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७३ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। 

प्रकाशित: Sep 06, 2022| 17:13 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्