शुक्रबार, असोज ९, २०८३

जिडब्लुएमले ल्यायो आकर्षक छुट योजना

ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भि.जी. इम्पेक्सले 'ग्रेट डिल, ग्रेट च्वाइसेस' अफर सार्वजनिक गरेको छ।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भि.जी. इम्पेक्सले 'ग्रेट डिल, ग्रेट च्वाइसेस' अफर सार्वजनिक गरेको छ। कम्पनीले दशैं, तिहार र छठको अवसरमा उक्त योजना ल्याएको बताएको छ। 

यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी–हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध रहेको कम्पनीले बताएको छ।

यो अभियानले ग्राहकहरूको चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास कम्पनीले लिएको छ। यस योजना अन्तर्गत कम्पनीका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ। 

त्यस्तै, यो योजनामा एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्षसम्म फ्री मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरू समावेश छन्।

साथै, लोएल्टी बोनसको रूपमा ग्राहक स्वयंम वा आफ्नो पविारसँग कसैको पहिले नै जि.डब्लु.एमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन्। ग्राहकहरुले निःशुल्क एक्सेसोरिज सहित पाँच वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा तीन वर्षको निःशुल्क सर्भिस उपलब्ध हुने कम्पनीले बताएको छ।

ग्रेट वाल मोटर ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटसहरू रहेका छन्। विगत छ वर्षदेखि यस कम्पनीले हरेक साल १० लाखभन्दा धेरै गाडीहरू बिक्री गरिरहेको छ। 


प्रकाशित: Sep 06, 2022| 17:13 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्