आइतबार, जेठ ३१, २०८३

नोकिया सी २१ प्लस सार्वजनिक, यस्ता छन् विशेषता

नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र अति किफायती सी सिरिज अन्तर्गत् नयाँ नोकिया सी २१ प्लस सार्वजनिक गरेको छ।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र अति किफायती सी सिरिज अन्तर्गत् नयाँ नोकिया सी २१ प्लस सार्वजनिक गरेको छ। आकर्षक, बलियो, गुणस्तर, विश्वभर प्रसिद्ध यो फोन नेपाली बजारमा सार्वजनिक गरिएको हो।

National life

एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइश भन्छन्, ‘उपभोक्ताहरूका लागि गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन हामीले सी–सिरिज निकालेका छौँ। उपभोक्ताहरूको समस्यहरुलाई मध्यनजर गर्दै ब्याट्री लाइफ, फोनको स्टोरेज र क्यामेराको गुणस्तरलाई सम्बोधन गर्दै नोकिया सी२१ प्लस डिजाइन गरिएको छ।’ एन्ड्रोइड ११ (गो इडिसन टिएम)मा १३ एमपी एचआरडी सञ्चालित डुअल क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीको भएको उनले बताए। 

उनले भने ‘स्टाइल र टिकाउ मात्र नभई पूर्ण रुपमा हाम्रा ग्राहकहरूको आवश्यकता अनुसार बनाइएको यो स्मार्टफोन हाम्रा फ्यानहरूलाई उपलब्ध गराउन पाउँदा म निकै गर्व महसुस गरिरहेको छु।’

स्लिम डिजाइनमा भरपर्दो ब्याट्री

आकर्षक लुक र लामो समय सम्म चल्ने ब्याट्री लाइफ भएको नोकिया सी २१ प्लास ५०५० एमएएच ब्याट्री साइजमा समावेश गरिएको छ। यसले एक चोटी चार्ज गर्दा तीन दिनको ब्याट्री जीवन प्रदान गर्दछ।

Shivam cement

बलियो

विश्वको सबैभन्दा बलियो मानिएको नोकियाको सी २१ प्लस गुणस्तरको सन्दर्भमा ढुक्क हुन सक्ने कम्पनीको दाबी छ। यसमा भएको मेटल चेसिस र बलियो गिलास कभर फोहोर, धुलो र पानीका थोपाहरूबाट अतिरिक्त सुरक्षाको लागि आईपी ५२–मूल्यांकन गरिएको छ।

सुरक्षित

स्मार्टफोनहरूमा प्रायः मानिसहरूको सबैभन्दा निजी जानकारी भण्डारण हुन्छ, साथै यो मनोरञ्जन, बैंकिङ, र महत्त्वपूर्ण सञ्चारको हब पनि मानिन्छ। सी–सिरिजको हिस्सा भएको नोकिया सी२१ प्लसमा प्रयोगकर्ताको सबै कुरा सुरक्षित राख्नको लागि दुई वर्षको त्रैमासिक सुरक्षा अपडेटहरू प्रदान गर्दछ। थप गोपनीयता र सुविधाको लागि, फिंगरप्रिन्ट र एआई फेस अनलक प्रविधिले आझ बढी सुरक्षा सुनिश्चित गर्दछ।

क्यामेरा

एचडिआर प्रविधिको साथ १३ एमपी डुअल क्यामेरा रहेको छ भने ६.५ एचडी प्लस डिस्प्ले रहेको छ। ३/३२ जिबी स्टोरेज र अन्य भेरियन्टहरूको साथ डार्क सियान र वार्म ग्रे रङमा उपलब्ध रहेको छ। यो फोनको मूल्य १६ हाजर ४९९ रुपैयाँ रहेको छ।

प्रकाशित: Sep 06, 2022| 17:12 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्