शुक्रबार, असोज ९, २०८३

टिभिएस नेपालको चाडपर्व योजना सार्वजनिक

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै 'कायापलट' योजना सार्वजनिक गरेको छ।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै 'कायापलट' योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

यो योजना भदौ २० गतेबाट देशभर सीमित अवधिको लागि ल्याइएको हो।  यस योजनाअन्तर्गत नकिन्दै एक लाख जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको बताइएको छ। 

हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियल मि सी ३० स्मार्ट फोन प्रदान गरिने छ। साथै, कम्पनीले हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख रुपैयाँको नगद पुरस्कार प्रदान गर्ने जनाएको छ। 

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ। जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा चार हजार दुई सयको मासिक इएमआइमा ग्राहकले बाइक तथा स्कुटर किन्न सक्नेछन्।  विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ।


प्रकाशित: Sep 06, 2022| 17:11 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्