मंगलबार, जेठ ८, २०८१

रोनाल्डोविहीन च्याम्पियन्स लिग सुरु हुँदै

रोनाल्डोको प्रदर्शन उच्च हुँदाहुँदै पनि उनको टिम म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुन सकेन। च्याम्पियन्स लिगमा पाँच पटक प्रतियोगिताको उपाधि जितिसकेका रोनाल्डो यस पटक टिमबाहिरै छन्।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं– युरोपकै सबैभन्दा ठूलो प्रतियोगिता युईएफए च्याम्पियन्स लिग मंगलबारदेखि सुरु हुँदै छ। साविक विजेता तथा प्रतियोगिताकै सबैभन्दा सफल टोली रियल मड्रिडले बुधबार राती सेल्टिकविरुद्ध खेल्दै छ। 

triton college

यही समय लियोनल मेस्सीको टिम पीएसजीले इटालियन क्लब युभेन्ट्सविरुद्ध खेल्दै छ। त्यस्तै, म्यानचेस्टर सिटीले सेभिल्लाविरुद्ध खेल्दै छ। अघिल्लो वर्ष फाइनलमा लिभरपुललाई पराजित गर्दै स्पेनिस महारथी रियल मड्रिडले १४ औं पटक कीर्तिमानी उपाधि जित्यो।

प्रतियोगितामा ३२ टिम सहभागी छन्। ३२ टिमलाई आठ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूका शीर्ष दुई टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन्। बाँकी रहेका १६ टोलीले युरोपा लिगको अन्तिम १६ मा खेल्नेछन्।

नोभेम्बरमा प्रतियोगिताको समूह चरणका खेल सकिनेछन्।

अन्तिम १६ मा पहिलो लेगका खेल सन् २०२३ फेब्रुअरी १४/१५ र २१/२२ मा हुनेछन्। त्यसपछि दोस्रो लेगका खेल मार्चको ७/८ र १४/१५ मा सकिनेछ।

corrent noodles
Metro Mart

क्वाटर फाइनल– अप्रिलमा पहिलो लेग ११/१२ मा र दोस्रो  लेग १८/१९ मा हुनेछ।

सेमिफाइनल– पहिलो लेगको खेल मे ९/१० र सोही महिनाको १६/१७ मा दोस्रो लेगका खेल हुनेछन्।

फाइनल– प्रतियोगिताको फाइनल खेल सन् २०२३ जुन १० मा टर्कीको स्तानबुलमा हुनेछ।

समूह ‘ए’– आयाक्स, लिभरपुल, नापोली, रेन्जर्स
लिभरपुल यस समूहको सबैभन्दा बलियो टोली हो। लिभरपुलले अघिल्लो वर्षको च्याम्पियन्स लिगको फाइनल पनि खेलेको थियो तर उपाधि जित्न भने सकेन। आयाक्स र नापोली दुई औसत टिम हुन्। डच टिम आयाक्सले आफ्ना धेरै खेलाडी बिक्री गरिसकेको छ, जसले गर्दा आयाक्स विगतमा भन्दा केही खस्किएको देखिन्छ। नापोली पनि आफ्ना कप्तान इन्सिन्याले क्लब छाडेपछि नयाँ सिजन राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। रेन्जर्सले च्याम्पियन्स लिगमा अहिलेसम्म राम्रो प्रभाव पार्न सकेको छैन। 

समूह ‘बी’– पोर्टो, एथ्लेटिको मड्रिड, बायर लेभरकुसेन, क्लब ब्रुग्स
यो औसत समूह हो। स्पेनिस टोली एथ्लेटिको मड्रिड अन्य टिमको तुलनामा केही बलियो देखिन्छ। तर अन्य टिम पनि नयाँ सिजनसँगै उच्च लयका साथ खेलिरहेका छन्। यसले गर्दा यो समूहमा कुन टिमले अन्तिम १६ मा स्थान बनाउँछ भन्ने विषयमा कुनै अनुमान गर्न गाह्रो छ।

समूह ‘सी’– बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान, भिक्टोरिया प्लाजेन
यो समूहलाई ग्रुप अफ डेथको रूपमा हेरिएको छ किनकि बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान तीन टोली नै राम्रो लयमा छन्। तीनै क्लब ठूला क्लबका रूपमा प्रख्यात छन्। यी तीनमध्ये एउटाले अन्तिम १६ मा स्थान बनाउन सक्ने छैन। त्यस्तै, नयाँ खेलाडी अनुबन्धले बार्सिलोना पनि पुरानै लयमा फर्किने संकेत दिइसकेको छ।

सन् २०२० को च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्यन म्युनिखले बार्सिलोनालाई ८–२ को विशाल अन्तरले पराजित गरेको थियो। बार्सिलोना नयाँ खेलाडीका साथ वार्यनसँग बदला लिने लक्ष्यमा छ। वार्यनका मुख्य फर्वार्ड रोबर्ट लेवान्डोस्की पनि बार्सिलोना आइसकेका छन्। उता, इन्टर मिलान पनि इटलीमा आफ्नो प्रभाव जमाइरहेको छ। 

समूह ‘डी’– इनट्राक्ट फ्रान्कफर्ट, टोटेनहम, स्पोर्टिङ लिस्बन, मार्सिले
ह्यारी केनको कप्तानीमा रहेको टोटेनहम यो समूहको सबैभन्दा बलियो टिम हो। नयाँ सिजनको सुरुआतसँगै टोटेनहमले राम्रो प्रदर्शन गरिरहेको छ। फ्रान्कफर्ट र स्पोर्टिङ र मार्सिलेलाई औसत टिम मानिन्छ। मार्सिले च्याम्पियन्स लिग जित्ने एक मात्र फ्रेन्च क्लब हो। तर पछिल्लो समय उसले प्रतियोगितामा राम्रो प्रभाव पार्न सकेको छैन।

समूह ‘ई’– एसी मिलान, चेल्सी, आरबी साल्जबर्ग, दिनामो जाग्रेब
चेल्सी र एसी मिलानलाई उपाधि दाबेदारी टोलीको रूपमा हेरिएको छ। चेल्सी एक सिजनअघिको च्याम्पियन्स लिग विजेतासमेत हो। पछिल्लो समय च्याम्पियन्स लिगमा प्रभाव जमाउन नसकेको एसी मिलान इटालियन सिर ‘ए’ को च्याम्पियन हो। साल्जबर्ग, जाग्रेब तुलनात्मक रुपमा केही कमजोर टिम हुन्।

समूह ‘एफ’– रियल म्याड्रिड, आरबी लाइपजिग, शाख्तर डोनेस्क, सेल्टिक
साविक विजेता तथा सर्वाधिक च्याम्पियन्स लिग विजेता (१४ पटक) रियल मड्रिडलाई अन्तिम १६ पुग्न सहज देखिएको छ। तुलनात्मक रूपमा कमजोर टिमसँग रहेका कारण रियललाई केही सहज देखिन्छ। अघिल्लो वर्ष उपाधि जितेको रियल यो प्रतियोगितामा सधैं उपाधिको दावेदार टिम पनि हो। जर्मन क्लब लेइपिजले युरोपमा केही प्रभाव पारे पनि अन्य दुई क्लबले अझैसम्म च्याम्पियन्स लिगमा राम्रो गर्न सकिरहेका छैनन्।

समूह ‘जी’– म्यानचेस्टर सिटी, सेभिल्ला, बोरुसिया डर्टमन्ड, एफसी कोपनहेगन
यो समूह पनि प्रतिस्पर्धात्मक समूह हो। म्यानचेस्टर सिटी पछिल्लो समय उच्च लयमा छ, जसले गर्दा सिटीलाई उपाधि दाबेदार टिम पनि मानिन्छ। त्यस्तै, डर्टमन्ट पनि बुन्डेसलिगामा राम्रो प्रदर्शनलाई कायमै राखिरहेको छ। सेभिल्लाले पनि सिटी र डर्टमन्डलाई चुनौती दिन सक्ने टिम हो। सिटी, डर्टमन्ट र सेभिल्लाबीच अन्तिम १६ का लागि मुख्य प्रतिस्पर्धा हुनेछ। एफसी कोपनहेगन तुलनात्मक रूपमा कमजोर टोली हो।

समूह ‘एच’– पेरिस सेन्ट जर्मेन, युभेन्ट्स, बेन्फिका, म्याकाबी हाइफा
लियोनल मेस्सीको टिम पीएसजी र युभेन्ट्सलाई यस समूहमा बलियो प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ। अट्याकिङ लाइनमा मेस्सी, नेयमार र केलियन एम्बाप्पेजस्ता खेलाडीले भरिपूर्ण पीएसजी पहिलो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ। पीएसजीका दुई अर्जेन्टाइन खेलाडी एन्जल डी मारिया र पेरेडेज युभेन्ट्समा अनुबन्ध भइसकेका छन्। यसले गर्दा युभेन्ट्स पनि राम्रो लयमा रहेको छ। तुलनात्मक रूपमा म्याकाबी हाइफाभन्दा केही बलियो देखिएको बेन्फिका पनि आफ्ना मुख्य फर्वार्ड ड्राविन नुनेजलाई बिक्री गरेपछि केही खस्किएको छ।

रोनाल्डो छनोट हुन असफल 
इटालियन क्लब युभेन्टसबाट गत वर्षबाट आफ्नो पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्किए। व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गर्दै क्लबको शीर्षगोल कर्ता पनि बने। तर रोनाल्डोको प्रदर्शन उच्च हुँदाहुँदै पनि उनको टिम म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुन सकेन। युनाइटेड लिगमा छैटौं स्थानमा रहेर युरोपा लिगमा छनोट भयो। यसबाट रोनाल्डो युनाइटेडमा खुसी हुन सकेनन्। उनले च्याम्पियन्स लिग खेल्न क्लब छाड्ने निर्णय गरे। विविध कारण रोनाल्डो युनाइटेडमै बसे र च्याम्पियन्स लिग गुमाउन पुगे। 

व्यक्तिगत रूपमा हेर्ने हो भने रोनाल्डो च्याम्पियन्स लिगमा सबैभन्दा सफल खेलाडी हुन्। उनले पाँच पटक प्रतियोगिताको उपाधि जितिसकेका छन्। रोनाल्डो १४३ गोल गर्दै च्याम्पियन्स लिग इतिहासकै सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। साथै, रोनाल्डो प्रतियोगितामा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि हुन्। उनले १९० खेल खेलेका छन्। एउटै सिजनमा सर्वाधिक गोल गर्ने तथा अन्य धेरै कीर्तिमान उनका नाममा छन्।

च्याम्पियन्स लिगमा लियोनल मेस्सी र रोनाल्डो मात्रै यस्ता खेलाडी हुन्, जसले १०० गोलको आँकडा पार गरेका छन्।

प्रकाशित: Sep 06, 2022| 16:03 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।