शुक्रबार, असोज ९, २०८३

बिमा विधेयकमा राष्ट्रिय सभा सर्वसम्मत

बिमासम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- बिमासम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो। 

सैद्धान्तिक छलफल तथा बहसपछि सभाले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हो। विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरी राजपत्रमा प्रकाशित भएपछि कानुनका रूपमा कार्यान्वयनमा आउनेछ। 

विधेयक यसअघि प्रतिनिधि सभाले गत साउन २९ गते पारित गरेको थियो। भदौ १२ गते राष्ट्रिय सभामा टेबल भएको थियो।

२०७५ असार २७ गते तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक प्रतिनिधि सभामा दर्ता गराएका थिए। 

प्रकाशित: Sep 06, 2022| 15:13 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्