आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इन्द्रचोक, असनलगायत क्षेत्रका सडक व्यापार हटाउन महानगरको निर्देशन

इन्द्रचोक, असनलगायत क्षेत्रका सडक व्यापार हटाउन महानगरको निर्देशन

आइतबार २४ घन्टे समयसीमा दिएर पसल हटाउन आग्रह गरेको महानगरले हालसम्म नहटाएपछि पुनः सम्झाएको हो।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

National life

काठमाडौं– काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोक, भेडासिंहलगायत क्षेत्रका फुटपाथमा रहेका पसल हटाउन निर्देशन दिएको छ। आइतबार २४ घन्टे समयसीमा दिएर पसल हटाउन आग्रह गरेको महानगरले हालसम्म नहटाएपछि पुनः सम्झाएको हो।

सडक व्यापार व्यवसायले काठमाडौंको सौन्दर्य, पुरातात्त्विक धार्मिक एवं पर्यटनसमेतलाई असर परिरहेको निष्कर्ष निकाल्दै महानगरले व्यापार व्यवसाय हटाउन लागेको हो।

महानगरले इन्द्रचोकस्थित वंकेश्वर (सन्तानेश्वर)महादेव मन्दिर वरपरका खास्टा व्यापार, भेडासिंगस्थित भवानीशंकर मन्दिर नौदेवल (माटोको भाँडाकुँडा)लगायत व्यापार व्यवसाय र  असनस्थित ट्रान्सफर्मरमुनि उमाशंकर मन्दिरको दायाँ–बायाँ (दूध डेरी) मा रहेका पसल हटाउन निर्देशन दिएको छ। महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको छ।

प्रकाशित: Sep 06, 2022| 14:53 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।