काठमाडौं– नेकपा एमाले डडेल्धुराले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। एमाले डडेल्धुराले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पठानसिंह बोहराको नाम सर्वसम्मत सिफारिस गरेको हो।
बोहरा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार तथा विकास मन्त्रीसमेत हुन्।
उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भएको छ। कांग्रेसबाट देउवा पनि एकल सिफारिस भएका छन्। देउवाले २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन्।