शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मलेसिया रोजगारका लागि डेढ महिनामै १७ हजारले लिए श्रम स्वीकृति

मलेसिया रोजगारका लागि डेढ महिनामै १७ हजारले लिए श्रम स्वीकृति

साउनमा ६५ विदेशी मुलुकमा रोजगारमा जान ६३ हजारले श्रम स्वीकृति लिएकामा मलेसियाका लागि २५ हजारले लिएको विभागको तथ्यांक।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं– वैदेशिक रोजगार विभागले साउनदेखि १५ भदौसम्म ३५ हजारमध्ये १७ हजारले मात्रै मलेसियाका लागि श्रम स्वीकृति लिएको विवरण सार्वजनिक गरेको छ।चालू आर्थिक वर्षको डेढ महिनामा नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश मलेसिया भएको विभागले बताएको छ। 

साउनमा ६५ विदेशी मुलुकमा रोजगारीमा जान ६३ हजारले श्रम स्वीकृति लिएकामा मलेसियाका लागि २५ हजारले लिएको विभागले जनाएको हो। वैदेशिक रोजगार कार्यालय प्रमुख रमेश अर्यालले मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली श्रमिकको आकर्षण त्यतातिर बढेको बताए। 

चालू आर्थिक वर्षको साउनको तुलनामा १५ भदौसम्म मलेसिया रोजगारका लागि श्रम स्वीकृति लिनेको संख्या अझै बढेको छ। उनका अनुसार साउनमा ६५ देशका लागि ६३ हजारले श्रमस्वीकृति लिएका करिब ४० प्रतिशतले मलेसियाका लागि लिएका थिए भने १५ भदौसम्म ३५ हजार जनाले श्रम स्वीकृति लिएकामा लगभग ४९ प्रतिशतले मलेसियाका लागि मात्रै लिएका छन्। 

मलेसियाका रोजगारदाताले श्रमिकलाई पारिश्रमिकबाहेक अन्य सेवा–सुविधामा पनि लचकता देखाएपछि नेपाली श्रमिकको रोजाइमा पर्न थालेको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए। मलेसियाली सरकारले गत मार्चदेखि आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी १ हजार ५०० रिंगेट (४३ हजार रुपैयाँ) पुर्‍याएको छ।

मलेसिया रोजगारमा जाने नेपाली श्रमिकले पारिश्रमिकसहित बस्न होस्टल, खान थप रकम, अतिरिक्त कामको पनि सुविधा दिन थालेपछि मलेसिया धेरैको रोजाइमा पर्न थालेको हो।

प्रकाशित: Sep 06, 2022| 12:47 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्