आइतबार, असोज ११, २०८३

३० भदौदेखि खुलाइँदै म्यादी प्रहरी भर्ना

म्यादी प्रहरी छनोट तालिकाअनुसार २६ भदौमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी ३० भदौदेखि ६ असोजसम्म आवेदन खुलाइने भएको हो।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं– सरकारले आगामी ४ मंसिरमा एकैसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि ३० भदौदेखि आवेदन खुलाउने भएको छ। 

म्यादी प्रहरी छनोट तालिकाअनुसार २६ भदौमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी ३० भदौदेखि ६ असोजसम्म आवेदन खुलाइने भएको हो। आवेदन दिएकालाई ७ असोजसम्म सम्पर्क गर्न आग्रह गरिनेछ।

तालिकाअनुसार ९, ११, १२, १३ र १४ असोजभित्र म्यादी प्रहरी छनोट प्रक्रिया पूरा गरिनेछ। २५ असोजमा नतिजा प्रकाशन गरिनेछ  भने २७ र २८ असोजमा नियुक्तिपत्र वितरणको तयारी थालिनेछ।

३० असोजमा नियुक्तिपत्र वितरण गरिनेछ भने म्यादी प्रहरीको तालिम सुरु हुनेछ। ८ कात्तिकमा तालिम सम्पन्न गरी ९ कात्तिकमा युनिफर्ममा प्रहरीसँग डिउटीमा खटाइनेछ। चुनाव सम्पन्न भएपछि ८ मंसिरमा म्यादी प्रहरीलाई बिदा गरिनेछ। 

प्रकाशित: Sep 06, 2022| 11:25 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...