शुक्रबार, जेठ ४, २०८१

डेब्युको पर्खाइमा तीन नयाँ अनुहार, कसको सम्भावना कस्तो?

नेपालले रंगशालामा डेब्यू गर्दैगर्दा सिनियर टिममा पहिलो पटक परेका तीन अनुहार पनि डेब्यूको पर्खाइमा हुनेछन्। अहिले देखिएका तीनमध्ये मिडफिल्डर हुन् दीपा शाही। अनि डिफेन्डर समीक्षा अधिकारी र फरवार्ड हुन् अमिषा कार्की।
 |  मंगलबार, भदौ २१, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- दशरथ रंगशालामा आज मंगलबारबाट सुरु हुने महिला साफ च्याम्पियनसिप नेपाली महिला टिमका लागि निकै गौरवको छ। त्यो किनभने नेपाली महिला टिमले नेपालको ऐतिहासिक रंगशालामा कुनै पनि आधिकारिक प्रतियोगिता खेलेको छैन।

triton college

त्यसो त एएफसीले आयोजना गर्ने प्रतियोगितालाई मात्र आधिकारिक प्रतियोगिताको संज्ञा फिफाले दिन्छ। तर नेपाल र दक्षिण एसियाली देशका लागि साफले पनि ठूलो अर्थ राख्दै आएको छ। र, क्षेत्रीय स्तरमा यो प्रतियोगिता निकै विशेष मानिँदै आएको छ।

यस्तो विशिष्ट परिस्थितिमा नेपाली महिला टिमले आज दशरथ रंगशालामा प्रतियोगिता खेल्न लागेको हो। यसअघि साफ विराटनगरमा र साग गेम्स पोखरामा सञ्चालन भएकाले नेपाली महिला टिमले दशरथ रंगशालामा मैत्रीपूर्ण मात्र खेलेको थियो।

नेपालले रंगशालामा डेब्यू गर्दैगर्दा सिनियर टिममा पहिलो पटक परेका तीन अनुहार पनि डेब्यूको पर्खाइमा हुनेछन्। त्यसो त मुख्य प्रशिक्षक कुमार थापा ती तीन खेलाडीको नाम सम्झन केही समय नै लिन्छन्। यद्यपि उनीहरुको नाम लिन गाह्रो छैन। अहिले देखिएका तीनमध्ये मिडफिल्डर हुन् दीपा शाही। अनि डिफेन्डर समीक्षा अधिकारी र फरवार्ड हुन् अमिषा कार्की।

corrent noodles
Metro Mart
दीपा शाही, मिडफिल्डर
अघिल्लो वर्ष एन्फा कम्प्लेक्समा आयोजना भएको उपमेयर कप महिला लिग छनोटमा सर्वोत्कृष्ट भएपछि नेपाली प्रशिक्षकको नजरमा परेकी खेलाडी हुन जुम्लाकी दीपा शाही। त्यसो त उनले झापाको टिमबाट छनोट खेलिन् र प्रतियोगितामा सर्वोत्कृष्ट बनिन्।
‘यहाँ उत्कृष्ट बनेँ, मेरो फुटबलको यात्रा यहाँबाट चाहिँ अघि बढ्छ भन्ने लागेको छ,’ त्यतिबेला नै नेपाल समयसँगको  कुराकानीमा उनले भनेकी थिइन्। त्यसको एक वर्षभित्रै उनले सिनियर टिमसम्मको यात्रा तय गरिसकेकी छन्।


‘त्यो छनोटपछि म आर्मी क्लबमा आबद्ध भएँ। त्यहाँ नै मैले अभ्यास गरिरहेको हो,’ उनले भनिन्, ‘त्यहाँ पनि सिनियर खेलाडी हुनुहुन्छ। मैले त्यहाँबाट धेरै सिकेकी छु।’ दीपाले त्यो छनोटपछि बंगलादेशमा भएको यू–१९ प्रतियोगिता पनि खेलिसकेकी छन्। 

तर त्यो प्रतियोगिता उनका लागि सुखद् भने रहेन। ‘त्यतिखेर दुःखी भएकी थिएँ। पहिलो यू–१९ मा गएकी थिएँ। सेटमै थिएँ तर पहिलो खेलमा नै चोट लाग्यो। टिमले राम्रो खेलेको थियो। पछि भारतसँग हार्नुपर्यो, त्यसले दुःखी बनायो,’ उनले त्यो पललाई सम्झिएकी छन्।

तर अहिले उनी थप जिम्मेवारीमा पुगेकी छन्। युवा जोशका साथ सिनियर टिममा डेब्यू गर्ने तयारीमा छिन्। कस्तो लागिरहेको छ त? भन्छिन्, ‘हो, सबैले भन्छन् युवा खेलाडीले केही गर्छन्। अनि विश्वास पनि गरेका छन्। आशा छ, खेल्न पाएँ भने केहि गरेर देखाउने छु। गोल्ड मेडल ल्याएर देखाउँछु भन्ने चाहिँ छ।’ 

त्यसका लागि अभ्यास राम्रो रहेको उनले बताएकी छन्। पहिलो पटक अन्तिम २३ मा स्थान बनाउँदा उनले सिनियर खेलाडीबाट थुप्रै सिक्न पाएकी छन्। ‘साम्बा लगायत सबैसँग खेल्दा उहाँहरुले नजानेको सिकाउनु हुन्छ। उहाँहरुले पहिलेदेखि नै खेल्दै आउनु भएकाले अनुभवी हुनुहुन्छ,’ उनले भनिन्, ‘हामीले साफ जितेको छैन। अहिले जित्ने भनेर लागेका छौं। हामीले धेरै हार्डवर्क गरेका छौं। सबैले शतप्रतिशत दिएका छौं।’

पहिलो खेलमै दीपाले डेब्यू गर्ने सम्भावना प्रवल छ। दौड र टेक्निकल खेलमा अब्बल उनी शारीरिक रुपमा पनि स्फूर्त छिन्। तर नेपाली टिमकी इन्जिन रेनुका नगरकोटीलाई चोट लागेपछि मिडफिल्डमा सरु लिम्बू र अनिता बस्नेतलाई साथ दिने बलियो पात्र दीपा नै हुन्। त्यसैले उनी सुरुआति ११ मै पर्ने सम्भावना पनि धेरै छ।

अमिषा कार्की, फरवार्ड
अमिषा पनि बंगलादेशमा हुने यू–१९ साफको लागि भएको बन्द प्रशिक्षणमा छानिएकी थिइन्। त्यो बन्द प्रशिक्षणमा उनको प्रदर्शन राम्रो थियो। उतिबेला चाहिँ सहायक प्रशिक्षक भगवती थापाले दौडमा नियन्त्रण राख्न कसरत गरिरहनु परेको भनेर उनलाई सिकाइरहेको बताएकी थिइन्।
तर अहिले उनको प्रदर्शनमा धेरै सुधार आएको छ। ‘केहि न केहि ट्यालेन्ट भएर नै नयाँ खेलाडीलाई ल्याएको हो। उनीहरुले राम्रो प्रदर्शन गरिरहेका छन,’ प्रशिक्षक कुमार थापाले भनेका छन्।

अहिले नयाँ, पुराना र कमब्याक भएका खेलाडीसँग तालमेल मिलाउन उनले सिकेकी छन्। राष्ट्रिय टिमको सात हप्ता लामो अभ्यासमा उनले धेरै सिकेको बताइन्। अब उनको योजना चाहिँ टिममा रहने भन्ने नै हो।‘ व्यक्तिगत योजना चाहिँ नेसनल टिममा परिरहने भन्ने नै हो। पहिले अन्तिम ३० मा परेर फालिएको थिएँ। अहिले दोस्रो पटक क्याम्पमा परेर २३ मा छानिएको हो। नपर्दा पनि हार मानिनँ,’ उनले भनिन्।

अमिषालाई लाग्छ अहिलेसम्म साफमा गोल्ड नल्याए पनि टिमले गोल्ड ल्याउँछ। तर उनलाई टिममा पर्न भने सजिलो छैन। उनको पोजिसन स्ट्राइकर हो र काम गोल हान्ने अनि टिमलाई जिताउने। तर नेपाली टिममा सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेलजस्ता फरवार्ड पनि छन्। उनीहरु भएको ठाउँमा अमिषालाई स्थान बनाउन सजिलो भने हुनेछैन। 

‘एकदमै टफ छ। सुरुमा हामी १२ जना थियौँ। त्यसमा चार जनामा परेको हो। चुनौति नै भयो टिममा पर्न। तर हार्ड वर्क गरेँ। अब पनि गर्छु,’ उनले भनेकी छन्। नेपालले पहिलो खेलमा आज भुटानविरुद्ध खेल्दैछ। तुलनात्मक रुपमा यो सजिलो टिम हो। यदि नेपालले सुरुमा केहि गोलको अग्रता बनाएको अवस्थामा अमिषा अन्य फरवार्डलाई रेस्ट दिन मैदान छिर्न सक्ने सम्भावना छ।

त्यसो त उनले नेपालको यू १५ बाट खेलिसकेकी छन्। ‘परिवारले सहयोग नगरेको भए म खेल्दिन थिएँ हुँला। परिवारको सहयोगले गर्दा यहाँ आएको हो। म छ कक्षामा पढ्दादेखि फुटबल खेल्न थालेको हो। दाइ अभिषेक कार्कीबाट प्रेरित भएर फुटबल थालेको हो। यू १८ र यू १९ खेलेको छु,’ उनले भनिन्।

उनलाई फुटबल खेलेर राम्रो गर्दै आर्मीको अफिसरसम्म बढुवा हुन मन छ।

समीक्षा घिमिरे, डिफेन्डर
डिफेन्डर पूजा राना घाइते भएपछि टिममा समीक्षा घिमिरेले अवसर पाएकी हुन्। उनी लेफ्ट ब्याकमा आफ्नो पकड बनाउने योजनामा छिन्। त्यसो त पहिलो पटक राष्ट्रिय टिममा परेकी उनी धेरै उत्साही पनि देखिन्छिन्।
पहिलो खेलमा खेल्ने उनको सम्भावना पनि धेरै छ। अन्य खेलाडी झैँ उनको लक्ष्य पनि गोल्ड जित्ने नै हो। ‘पहिले कमजोरी थियो अहिले सुधार भइरहेको छ,’ उनले भनिन्, ‘प्रशिक्षक पनि राम्रो हुनुहुन्छ।’ उनी यसअघि पनि क्याम्पमा परिरहन्थिन्। तर अन्तिम ३० मा पुगेपछि उनी फालिन्थिन्। अघिल्लो वर्ष चाहिँ उनको एसिएल सर्जरी भएको थियो।

त्यसपछि उनले विस्तारै कमब्याक गर्ने सोचिन्। भाग्यवश उनी सफल भइन्। ‘विस्तारै विस्तारै गर्दै खेल्न थालेँ अनि टिममा परेँ। अघिल्लो वर्षको लिगमा चोट लागेको थियो,’ उनले भनिन्।

२० वर्ष डिफेन्डर समीक्षाले यसअघि नै यू–१८ र यू–१८ को खेल खेलिसकेकी छन्। २०१८ मा नेपालले भुटानको चम्लिङिथङ रंगशालामा खेल्दा उनी टिमकी सदस्य थिइन्। त्यो समयमा नेपाल दोस्रो भएको थियो।

त्यस्तै, थाइल्यान्डमा भएको खेलमा पनि उनी सहभागी बनेकी थिइन्। ‘अहिले चाहिँ मेरो एउटै इच्छा छ कि, नेपालको टिमबाट खेल्ने। अनि दिदीहरु जस्तै टिममा रहिरहने,’ समीक्षाले भनिन्। फुटबल खेलेर धेरै नाम कमाउने उनको सोच छ। उनलाई लाग्छ आफ्नो स्पिड राम्रो भएर सरले मन पराउनु भएको होला।

प्रकाशित: Sep 06, 2022| 09:38 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।