बुधबार, जेठ २७, २०८३

यसकारण बढ्यो मनासलुमा आरोहीको आकर्षण

यस वर्षको शरद ऋतु (अटम सिजन) को हिमाल आरोहणमा विगत वर्षमा झै मनासलु आरोहणमा आरोहीको आकर्षण देखिएको हो।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनासलु (८,१६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक संख्यामा आरोही आएका छन्। यस वर्षको शरद ऋतु (अटम सिजन) को हिमाल आरोहणमा विगत वर्षमा झै मनासलु आरोहणमा आरोहीको आकर्षण देखिएको हो। 

National life

पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा (८,८४८.८६ मिटर)सहित २५ आरोही समूहका कूल दुई सय ३७ आरोहीले आरोहण अनुमति लिएका छन्। यसमा सबैभन्दा बढी आरोही मनासलु आरोहणमा आएका छन्। विभागको पर्वतारोहण शाखाको भदौ १९ गतेसम्मको विवरणमा मनासलु आरोहणका लागि मात्रै १९ आरोही समूहका एक सय ६० महिला र ५० पुरुषसहित कूल दुई सय १४ आरोहीले आरोहण अनुमति लिएका छन्। 

शरद ऋतु मनासलु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्छ। विगतका वर्षमा झै यस पटक पनि मनासलु आरोहणमा आरोही उत्साहवर्द्धक रुपमा आइरहेको नेपाल पर्वतारोहण सङ्घका पूर्व महासचिव कुलबहादुर गुरुङले जानकारी दिए। शरद ऋतु मनासलु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेको उनको भनाइ छ।

सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनासलुको सफल आरोहण गर्नुभएको थियो। त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लो आरोहण गरेको रेकर्ड छ। सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनासलु आरोहण गरेका थिए। सेभेन सम्मिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो सिजनमा मनासलु आरोहणका लागि धमाधम आरोही आइरहेको बताए।

उनका अनुसार कम्पनीका तर्फबाट करिब ६० जना आरोही मनासलु आरोहणका लागि आएका छन् । अबको एक महिना आरोही आउने भएकाले मनासलु आरोहणको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे। आरोहणको उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनासलु आरोहणमा सर्वाधिक आरोही आउने गरेको प्रबन्ध निर्देशक शेर्पाको भनाइ छ।

Shivam cement

मनासलु आरोहणको ६६ वर्षको अन्तरालमा उल्लेख्य सङ्ख्याका आरोहीले आरोहण गरेको पाइन्छ। पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल फ््याक्ट एण्ड फिगर २०२०’ अनुसार सन् २०१८ सम्म मनासलु हिमालको एक हजार आठ सय ५६ जनाले आरोहण गरेका छन्। पछिल्ला तीन वर्षको मनासलु आरोहणको विवरण यकिन नभएकाले यो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ।

लामो आरोहण इतिहास कायम रहेको गोरखामा अवस्थित मनासलु हिमालको विसं २०७३ मा ६० वर्षे हीरक महोत्सव मनाइएको थियो। नेपालको सुदूरपश्चिम भागमा रहेको मनासलु जसलाई कुताङ भनेर पनि चिनिन्छ। यो हिमाललाई हृदयको हिमाल पनि भनिन्छ। मानसिरी पर्वतशृङ्खलामा रहेको यो संसारको आठौँ अग्लो हिमाल हो।

विस २०७७ असोज २९ गते बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली मनासलु आरोहण गरेपछि विश्वभर मनासलु हिमाल र नेपालको चर्चा चुलिएको थियो। उक्त आरोहणले नेपालको पर्वतारोहणलाई विश्व बजारमा थप प्रवद्र्धन भएको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ।

पर्यटन विभागले जारी गरेको पछिल्लो आरोहण अनुमति ‘एक्सिपीडिसन पर्मिट’ अनुसार सगरमाथा, धौलागिरि (८,१६७ मिटर) लगायत हिमाल र पिक आरोहण गर्न हालसम्म ४५ मुलुकका ५४ महिला तथा एक सय ८३ पुरुष गरी कूल दुई सय ३७ आरोही नेपाल आएका हुन्।

यस्तै सगरमाथा आरोहणका लागि एक आरोही समूहका पाँच जनाले अनुमति पाएका छन्। धौलागिरि आरोहणका लागि एक आरोही समूहका पाँच आरोहीले आरोहण अनुमति लिएका छन्। हिम्लुङ हिमाल (७,१२६ मिटर) मा दुई समूहका सात, नुप्से (७,८५५) आरोहणका लागि एक समूहका पाँच र सरिबुङ (६,३४६ मिटर) आरोहणका लागि मात्र एक आरोहीले अनुमति लिएका छन्। यो सिजनमा हिमाल आरोहणबाट हालसम्म दुई करोड ९० लाख रोयल्टी जम्मा भएको छ।   -रासस

प्रकाशित: Sep 06, 2022| 08:03 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।