शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बन्दीपुरमा पर्यटन प्रवर्द्धनका लागि पर्यटन शाखा स्थापना

बन्दीपुरमा पर्यटन प्रवर्द्धनका लागि पर्यटन शाखा स्थापना

बन्दीपुर गाउँपालिका कार्यालय तनहुँले आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउन सहज बनाउन सो शाखा स्थापना गरेको हो।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा पर्यटन प्रवर्द्धनका लागि पर्यटन शाखा स्थापना गरिएको छ। बन्दीपुर गाउँपालिका कार्यालय तनहुँले आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउन सहज बनाउन सो शाखा स्थापना गरेको हो।

National life

पर्यटन प्रवर्द्धनका लागि विभिन्न संघ संस्थासँग हातेमालो गर्दै प्रचारप्रसारका कार्यलाई तीव्रताका साथ अघि बढाउने योजना सो शाखाले बनाएको छ। पालिकास्तरबाट पर्यटन क्षेत्रको विकासका लागि नियमित काम गर्नेगरी जनशक्तिसहित व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए।

पोखरा क्षेत्रका व्यवसायीसँग सहकार्य गरेर पोखरा घुम्न आएका पर्यटकलाई बन्दीपुर ल्याउने वातावरण सिर्जना गरी पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम रहेको उनले बताए।

गाउँपालिका कार्यालयले पर्यटन क्षेत्रको विकासका लागि सुरुमा २० लाख बजेट विनियोजन गरेपनि वडागत र पालिकास्तरमा विभिन्न शीर्षकअन्तर्गत बजेट विनियोजन गरेको छ।

बन्दीपुर क्षेत्र पर्यटकीय गन्तव्यस्थल भएकाले परम्परागत निर्माण कार्यलाई प्राथमिकता दिइएको छ। आधुनिक घरले मौलिक घर विस्थापित गर्ने भएकाले अब निर्माण हुने नयाँ घरका लागि सहुलियत दरमा काठ खरिद गर्न व्यवस्था मिलाइएको गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले बताइन्।

बन्दीपुरमा पर्यटकको आगमन बढेसँगै परम्परागत शैलीका नयाँ घर बन्नेक्रम तीव्र बनेको छ। बन्दीपुरबाट धौलागिरिदेखि अन्नपूर्ण माछापुच्छ्रे, मनासलु, बुद्ध, हिमालदेखि पूर्वका गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खलाका सयौँ चुचुरा सजिलै देख्न सकिन्छ।

विभिन्न जातजातिको कला, संस्कृति, ढुंगा विछ्याइएका बाटो, विभिन्न मठमन्दिर, फराकिलो टुँडिखेल, शहीद पार्क, बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, प्याराग्लाइडिङ आदि यहाँका आकर्षक पक्ष हुन्।

बन्दीपुरबाट आधा घण्टाको यात्रापश्चात् सिद्धगुफा अवलोकन, मर्स्याङ्दी नदीमा जलविहार, छाङ्दीमा क्यानोनिङ, चुनपहरामा चट्टान आरोहण र मनोरम दृश्यले पर्यटक लोभिने गर्दछन्।

एक पटक बन्दीपुर आएका पर्यटक पटकपटक दोहोर्‍यार आउने गरेको होटल व्यवसायी बताउँछन्। बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेसँगै होटल व्यवसायी उत्साहित भएका छन्। निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबुलकार र थ्रीस्टार होटलको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ।    -रासस

प्रकाशित: Sep 06, 2022| 06:45 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।